१२ चैत्र २०८२, बिहीबार
समाचार समाज

पूर्वी नेपालमा वर्षा, दूधकोसी र अरुणमा बाढीको सम्भावना

३१ श्रावण, काठमाडौं । पूर्वी नेपालका विभिन्न स्थानमा गएराति वर्षा भएको छ । खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गाको ओखलढुङ्गा, मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने दूधकोसी नदी र यसका सहायक नदीहरूमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

डडेल्धुराका प्रमोदको ह्रदयघातका कारण भारतमा निधन

३१ श्रावण,डडेल्धुरा । डडेल्धुराका एक जनाको भारतमा निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय प्रमोद जोशीको भारतको सिक्किममा मृत्यु भएको हो। इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए। त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए। उनी विद्यावारिधी गरेपछि पछिल्लो […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

३१ श्रावण, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.३८ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.१२ रुपैयाँ रहेको छ भने […]

मुख्‍य समाचार समाचार समाज

भारी वर्षाको सम्भावना

३१ श्रावण, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम  प्रदेशका  थोरै  स्थानहरूमा  तथा बाँकी  प्रदेशका एक–दुई  स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही […]

अन्तर्राष्ट्रिय राजनीति समाचार

सर्वोच्च अदालतद्वारा थाइल्याण्डमा प्रधानमन्त्री बर्खास्त

३० साउन, काठमाडौँ । थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । पिचित चुइनवान अदालतले प्रश्न उठाएका अपराधमा मुछिएका मन्त्री थिए । योसँगै एक वर्षभन्दा थोरै मात्रै कार्यकाल चलाएका प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्री […]

मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या गरी ११ टुक्रा पारेर गाड्ने श्रीमान पक्राउ

३० साउन, हेटौंडा । आफ्नी श्रीमतीको निर्मम ढंगबाट हत्या गरि ११ टुक्रा पारेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उत्तरी मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ का २६ वर्षीय मंगलबहादुर पाख्रीनले आफ्नी २० वर्षीय श्रीमती लक्ष्मी पाख्रीनको बन्चरो प्रहार गरि हत्या गरेर शवलाई ११ टुक्रा बनाएर नजिकैको सामुदायिक वनमा लागि गाढेको जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

पहिराले बगायो दुई घर

३० साउन, ताप्लेजुङ । गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको […]

मुख्‍य समाचार समाचार

सर्पले डस्दा बालिकाको मृत्यु, आमा गम्भीर घाइते

३० साउन, दाङ । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । सर्पले टोकेर गम्भीर घाइते […]

मुख्‍य समाचार समाचार समाज

बेहुली खोज्दै पोखरा आएका चिनियाँसहित तीन जना पक्राउ

३० साउन, काठमाडौं । नेपाली युवती बिहे गर्न पोखराका आएका एक चिनियाँसहित तीन जना पक्राउ परेका छन् । १४ वर्षीय किशोरीसँग जर्बजस्ती बिहे गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक झि मिङ चेन, पोखराका सरु विक र लमजुङकी भगवती अधिकारी छन् । उनीहरुले एक किशोरीलाई पोखराको लेकसाइडस्थित होटल मिराकलमा […]

समाचार

२ जना नक्कली सीआइडी पक्राउ

३० साउन, पोखरा । प्रहरीको सिआइडी हुँ भनी सर्वसाधरणलाई धम्काउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका–७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण […]

मुख्‍य समाचार समाचार

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय हवाई सुरक्षाको ‘आईएसएसए’ प्रमाणपत्र

३० साउन, काठमाडौँ । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ । आईएसएसए कार्यक्रमले प्रमाणपत्र प्रदान गर्नुपूर्व वायुसेवा सञ्चालकको सुरक्षा व्यवस्थापन प्रणाली शुक्ष्म ढंगले मूल्यांकन गर्ने […]

मुख्‍य समाचार समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

३० साउन,  काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् । शाहले सभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११, […]