१२ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

सुडान युद्धविराम वार्ता सहभागी हुन अमेरिकाद्वारा सरकारी सेना प्रमुख दबाब

३१ साउन, अमेरिका । संयुक्त राज्य अमेरिकाले सुडानको सेनालाई युद्ध अन्त्यका लागि वार्तामा सामेल हुन आग्रह गरेको छ । स्विट्जरल्याण्डमा सुरू भएको वार्तामा सुडानमा द्वन्द्वरत अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) समूह सहभागी भएको छ । सन् २०२३ को अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको […]

पर्यटन मुख्‍य समाचार

भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो

३१ साउन, सिन्धुपाल्चोक । यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीयस्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् । पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा […]

मुख्‍य समाचार समाचार समाज

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

३१ साउन, ललितपुर (गोदावरी) । नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा औलो रोगका आयातीत बिरामीको सङ्ख्या बढे

३१ साउन, कञ्चनपुर । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ । स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०-८१ […]

मुख्‍य समाचार समाचार समाज

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

३१ साउन, काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताएका छन् । पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उनले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताए । “शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

३१ साउन, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा रु. २५ लाख लागतमा उक्त पुल निर्माण भएको हो । म्याग्दीको धवलागिरी गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

३१ साउन, भद्रपुर (झापा) । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०-८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् । गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

३१ साउन, राँझा (बाँके) । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्वतमा एक सय २२ पूर्वाधार योजना सम्पन्न

३१ साउन, पर्वत । जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत एक सय २२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष २०८०-८१ मा ती योजना सम्पन्न भएका हुन् । गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट एक सय ५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा एक सय २२ […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

३१ साउन, टक्सार । जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी रु १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गर्नुभएको बङ्गुरपालनले […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जुम्लामा चार हजार बढी साना तथा घरेलु उद्योग

३१ साउन, जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन् । गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । […]

मुख्‍य समाचार समाचार समाज

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

३१, साउन, भद्रपुर । स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताउनुभयो । बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न […]