१२ चैत्र २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार समाज

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

३१ साउन, काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएको हो । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका […]

मुख्‍य समाचार समाचार समाज

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव

३१ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ […]

मुख्‍य समाचार

‘गुणस्तरीय इन्जिनियरिङ शिक्षा लिएकाले विदेशिनु पर्दैन्’

३१ साउन, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरु बाहिरिन नपर्ने बताएका छन् । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सबै विद्यार्थीहरुलाई विदेश नगई देशमै बस्न आग्रह गरेका छन् । उनले भने,‘नेपाल इन्जिनियरिङ कलेज विशुद्ध […]

मुख्‍य समाचार समाचार

सुगौली सन्धिमा गुमेको नेपाली भूमी ल्याउन पार्टी र मोर्चाबीच सहकार्य

३१ साउन, काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् । विहीबार राजधानीको संवाद डबलीमा पार्टीले पहिलो पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले आफ्नै जीवनकालमा भारतीय कब्जामा रहेको भूमि फिर्ता ल्याउन सकिने दाबी गरे । विशाल नेपाल कम्युनिस्ट पार्टीको प्रथम पत्रकार […]

मुख्‍य समाचार राजनीति समाचार

टी आरसी विधेयक राष्ट्रिय सभामा टेबल

३१ साउन, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ । बिहीबार बसेको बैठकमा प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक राष्ट्रिय सभाका सचिवडा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभा बाट प्राप्त सन्देश सहित सभा समक्ष टेबल गरेका हुन् । राष्ट्रिय सभाबाट पारित भएपछि […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : मन्त्री पाण्डे

३१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको बताएका छन् । तर यसबर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको जानकारी पनि गराएन । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रूसी सैन्य हवाइ अखडामा युक्रेनी आक्रमण

३१ साउन, रुस । पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य […]

मुख्‍य समाचार राजनीति

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

३१ साउन, काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएका हुन्। बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् । ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रियसभाः जाजरकोट र बझाङ भूकम्पपछिको पुनःनिर्माण प्राथमिकतामा: गृहमन्त्री लेखक

३१ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनःस्थापनाका लागि विभिन्न निकायबाट रकम निकासा भएकाले सरकारले केही कानुनी प्रबन्धहरु बनाएर अघि बढिरहेको जानकारी दिए […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जना प्रतिस्पर्धी

३१ साउन, श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने निर्वाचन आयोगले बिहीबार जनाएको छ । दुई वर्षअघि विक्रमासिङ्घेले सत्ता सम्हालेयताको यो पहिलो मतदान हो । श्रीलङ्कामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उनले सत्ताको बागडोर सम्हाल्नुभएको थियो भने अहिलेसम्ममा श्रीलङ्काले आफ्नो […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रियसभा : राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन माग

३१ साउन, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे । यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । सभाको विशेष समयमा बोल्दै सांसद सोनामग्याल्जेन शेर्पाले विद्युतीय जोखिमका क्षेत्रमा काम गर्नेलाई प्रभावकारी बीमाको प्रबन्ध गर्न, सुरक्षाका उपकरणको प्रयोग गर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

३१ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको एक सय दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव […]