१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाज

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली

३२ साउन, फिक्कल (इलाम)। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ […]

मुख्‍य समाचार समाज

विपन्नलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्ति

३२ साउन, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ । नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए । जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान […]

मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

३२ साउन, काठमाडौँ । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा आज (शुक्रबार) राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गरिंदैछ । टेलिकमले आज एक सूचना जारी गदै आज राति ११ बजेदेखि करिब ४ घण्टा सेवा प्रभावित हुने जनाएको छ । नेपाल टेलिकमले ग्राहक सेवा […]

मुख्‍य समाचार समाज

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

३२ साउन, म्याग्दी । आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग […]

मुख्‍य समाचार समाज

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

३२ साउन, डोटी । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ […]

मुख्‍य समाचार समाज

जीविकोपार्जनसँग पर्यटनलाई जोड्न तनहुँमा चियाखेती

३२ साउन, दमौली (तनहुँ)। जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय बेर्ना सारेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा एक जना मृत अवस्थामा फेला

३२ साउन,  धनगढी ।  कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्रि सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

मुख्‍य समाचार समाज

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

३२ साउन, ढोरपाटन (बागलुङ)। तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

३२ साउन,  धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले कैलारी गाउँपालिका–२ बस्ने पैदल यात्री ५५ वर्षीया पार्वती चौधरीको बिहीवार मृत्यु भएको हो। चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन्। उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच […]

मुख्‍य समाचार समाज

सबै उमेर समूहका व्यक्तिको कपाल प्रत्यारोपण हुन सक्दैन्ः सन्जिव झा डर्माटोलोजिष्ट

३२ साउन,  काठमाडौं । पछिल्लो समय विभिन्न उमेर समूहका व्यक्तिहरुमा कपाल झर्ने समस्या धेरै बढिरहेको छ । २१ वर्षदेखि ४०–४५ वर्ष उमेरका व्यक्तिहरुमा कपाल झर्ने समस्या बढी मात्रामा देखिन्छ । यसका कारणहरु धेरै छन् । एउटा त वंशानुगत हो र मानिसले धेरै चिन्ता लिनु अर्को कारण हो । त्यस बाहेक धेरै थरीका रोगहरुको कारणले पनि […]

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा बाघ, चितुवाको त्रासबीच बाँदर आतङ्क, किसान चिन्तित

३२ साउन,  बेलौरी । कञ्चनपुरको बेलौरीमा बाघ, चितुवा त्रासका बिच जङ्गली  बाँदरहरूले पनि आतकं मच्चाउन थालेपछि किसान चिन्तित बनेका छन् । बेलौरी नगरपालिका – १० भुडाम किसानले लगाएको धान र उखु खेतीमा बाँदरहरूले नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन । बाँदरले करिब ४ बिगाहा बढी उखु खेती र धान खेतीमा क्षति गरेको स्थानीय […]

मुख्‍य समाचार समाज

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

३२ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार कालिमाटी तरकारी थोक बजारमा रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९३ रुपैयाँ, लोकल गाजर ११६ रुपैयाँ, सेतो मूला हाइब्रीड ३० रुपैयाँ प्रति केजी रहेको छ । काउली ८६  रुपैयाँ, […]