१२ चैत्र २०८२, बिहीबार
अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

४ भदौ, काठमाडौं । जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको हो । नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यु–२० च्याम्पियनसिप : बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

४ भदौ, काठमाडौं । काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा मंगलबार समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी च्याम्पियनसिपमा बंगलादेश आफ्नो पहिलो खेल खेल्न लागेको हो । श्रीलंकाले भने दोस्रो खेल खेल्दैछ । श्रीलंका पहिलो खेलमा नेपालसँग १–० […]

मुख्‍य समाचार समाज स्वास्थ्य

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित

४ भदौ, काठमाडौँ ।देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामाडेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् । मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ। तनहुँमा सबैभन्दा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

विकासका लागि स्रोत जोहो गर्न चुनौतीपूर्ण : अर्थमन्त्री

४ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विकासोन्मुख र अल्पविकसित मुलुकहरुको आन्तरिक राजश्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘विकासका लागि वित्त’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजश्व परिचालन क्षमता कमजोर तथा सार्वजनिक ऋणको भार बढ्दै गएको कारणले विकासका लागि स्रोतको जोहो गर्न चुनौतीपुर्ण बन्दै गएको बताएका […]

अर्थ मुख्‍य समाचार समाचार समाज

एक सय रुपैयाँले घट्यो सुनको मूल्य

४ भदौ, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार २ सय कायम भएको हो । सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।  यस्तै आज […]

मुख्‍य समाचार समाचार समाज

कालीदास बाबाको घोषणा : नेपाललाई हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छु

४ भदौ, काठमाडौं । भारतक प्रसिद्ध धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेपालका नेताहरु ले पशुपतिमा गएर चन्दन लगाउने र संसदमा गएर धर्मनिरपेक्षताको माग अस्वभाविक भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरु आफूलाई भेट्न पशुपति कोटिहोममा गएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसदमा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने […]

समाचार

निजामती सेवा ऐनप्रति राना-थारु समुदायले जनाए आपत्ति

४ भाद्र , काठमाडौँ । सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ को संशोधन खाकामा सुदूरपश्चिम प्रदेशका राना, थारु समुदायले आपत्ति जनाएका छन् । थारु कल्याणकारी समाज, थरुहट थारुवान् राष्ट्रिय मोर्चा, नेपाल राना थारु समाज र थारु नागरिक समाजले आज पत्रकार सम्मेलन गर्दै उक्त संशोधनमा विरोध जनाएका हुन् । थारु-राना थारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा […]

मुख्‍य समाचार राजनीति समाचार

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख घिमिरे

४ भाद्र , काठमाडौँ । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताएका छन् । उनले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न […]

मुख्‍य समाचार समाचार समाज

के छ पहिरोले थुनिएको इन्द्रावतीको बहावको अवस्था ?

४ भाद्र , काठमाडौं । पहिरोले केही भाग थुनिएको इन्द्रावती नदीको बहाव क्रमशः सामान्य अवस्थामा फर्किने क्रममा रहेको छ । पानीले नदीमा खसेको माटो बगाएर लगिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए । “नदीको एक छेउमा खसेको पहिरो पानीले बगाउँदै लगेको छ । पानीले माटो बगाएर लैजाँदा अब केही समयमै नदीको बहाव […]

मुख्‍य समाचार समाचार समाज

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

४ भाद्र , काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र […]

मुख्‍य समाचार समाचार

चार प्रदेशमा भारी वर्षाको सम्भावना

४ भाद्र , काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको  छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

मुख्‍य समाचार समाचार

दार्चुलाको नौगाडका प्रमुख प्रशासकीय अधिकृतले दिए प्रहरीमा उजुरी

३ भदौ, दार्चुला ।  दार्चुलाको नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामीले प्रहरीमा उजुरी दिएका छन । उनले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा कानुनी उपचारको लागि उजुरी दिएका हुन प्रमुख प्रशासकीय अधिकृत धामीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको बताएका छन् । ‘आफु शैल्यशिखर नगरपालिकाको २०८० असोज ५ गतेदेखि चैत ५ […]