१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैनः माधव नेपाल

४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा जबसम्म स्वच्छता हुँदैन तबसम्म जनताको निम्ती केही गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले नेपाली राजनीतिमा स्वच्छताको कमी भएको बताएका हुन् । उनले  भने,  ‘राजनीतिमा निष्ठा र  नैतिकताको विषय  छ । तर […]

मुख्‍य समाचार समाचार समाज

कालीबाबाद्वारा हिन्दूधर्म रक्षाको अनुरोध

४ भदौ, काठमाडौँ । दोलखा भीमसेनको शीलामा पसिना आएपछि आफूले त्यहाँ पुगी क्षमा पूजा गरेको कालीबाबाले बताएका छन् । पशुपति क्षेत्रमा सञ्चालित यज्ञको पूर्णाहुतिका क्रममा नेपाल आउनुभएका कालीबाबाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दोलखाको भीमेश्वर मन्दिरमा हालै पसिना आएको घटनालाई गम्भीर रुपमा लिन सम्बद्ध सबैसँग अनुरोध गरे । उनले वैदिक सनातन धर्मको शिरमा रहेको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रदीप गिरि कर्मठ र इमान्दार राजनीतिज्ञ हुनुहुन्थ्योः शक्तिबहादुर बस्नेत

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले प्रदीप गिरि समाजवादी चिन्तकको रुपमा चिनिएका नेता भएको बताएका छन् । मंगलबार नेपाली कांग्रेसकानेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले प्रदीप गिरि कर्मठ, इमान्दार राजनीतिज्ञको छवी बनाउन सफल नेता भएको बताएका हुन् । उनले भने, ‘उनमा भएको एउटा चिन्तनशीलता, विचार, प्रवृत्ति […]

अर्थ पर्यटन मुख्‍य समाचार समाचार समाज

गोसाइकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खानबस्न चर्को शुल्क लिएको गुनासो

४ भदौ, काठमाडौं । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसबर्ष भक्तजनको संख्या घटेको छ । बर्षेनी लाग्ने मेलामा यसवर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ । यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यस बर्ष आठ हजार […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

२ भदौ, गण्डकी । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्छन् । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आएकी उनले विद्युतीय चुल्होमा खाना पकाउन थालेकी हुन् । “सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”,उनले […]

मुख्‍य समाचार राजनीति

सभापति देउवालाई ३२ बर्षअघि लगेको पुस्तक फिर्ता गर्न आग्रह

४ भदौ, काठमाडौँ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ३२ बर्षअघि लगेको एउटा पुस्तक फिर्ता नगरेको विषयले चर्चा पाएको छ । काठमाडौँको बत्तीपुतलीमा आयोजित स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृति सभामा अभियन्ता भारती सिलवालले कांग्रेस सभापति देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

गाजाबाट छ जना बन्धकको शव बरामद

४ भदौ, इजरायल । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मङ्गलबार बिहान मृत घोषणा गरिएको थियो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु

४ भदौ, पाकिस्तान । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक क्षति पुर्‍याउँदा अन्य ११ जना घाइते भएका छन् भने तीन हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भियतनाममा बाढीका कारण हजारौँ बालबालिका विद्यालय जानबाट वञ्चित

४ भदौ, भियतनाम । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौं बालबालिकाहरू बिद्यालयको पहँुचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ । जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ । बर्षाका कारण लगभग २९ हजार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

४ भदौ, जापान । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ । वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोषणा गरिएको हो । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दैछौंः मन्त्री अधिकारी

४ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताए । ‘कृषि मन्त्रालयले पछिल्लो २/५ वर्षको बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । २०/२५ लाखको कुरा […]

मुख्‍य समाचार समाचार समाज

५३९ स्थानीय तहमा राष्ट्रिय ग्रिडबाट पूर्ण विद्युतीकरण, १८ मा पुग्न बाँकी

४ भदौ काठमाडौं । मुलुकका ५ सय ३९ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । ७ सय ५३ स्थानीय तहमध्ये १ सय ९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हालसम्म १८ स्थानीय तहमा राष्ट्रिय प्रसारण विद्युत् पुग्न नसकेको प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले […]