११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विकृति हटाउने नाममा विद्यार्थी संगठनलाई नियन्त्रण गर्न खोज्नु मूर्खता हो : वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौं । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको कडा आलोचना गरेका छन्। आइतबार संयुक्त विद्यार्थी संगठनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त निर्णयलाई ‘दुसाहस’ को संज्ञा दिएका हुन् । भण्डारीले २०८२ भदौ २३ गतेको आन्दोलन स्मरण गर्दै त्यसमा सहभागी विद्यार्थीहरूको योगदानबाट नै वर्तमान सरकारले बहुमत प्राप्त गरेको दाबी गरे। ‘त्यतिबेला विद्यार्थीहरू […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले मधेश प्रदेशका विभिन्न अस्पतालहरूको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । मन्त्रालयले वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज सम्बन्धी गुनासोहरूको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाएको हो । टोलीमा डा.फणिन्द्र प्रसाद बराल र राज कुमार पाण्डे लगायत रहेका छन् । मन्त्रालयका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलहरूमा सरसफाइ र यात्रु सेवा सुधार गर्न विशेष अभियान सञ्चालन गरेको छ । मन्त्रालयले गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका सबै विमानस्थलमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री सुविधाहरू तत्काल सुधार गर्न २४ घण्टे निर्देशन दिएको थियो । निर्देशनपछि विभिन्न विमानस्थलहरूले सुधारका कार्यहरू […]

कर्णाली मुख्‍य समाचार समाचार

‘कुडा कर्नालीका’मा उमा वादीको विद्धत प्रवचन : पढाईको होइन, पीडाको डिग्री सुनाउँदै छु’

सुर्खेत । जब उमा वादी आफ्नो जीवन भोगाइको कथा लिएर ‘कुडा कर्नालीका…..’ कर्णाली उत्सवको स्टेजमा पुगिन् त्यतिबेला निकै भावुक पनि देखिइन् । कर्णाली उत्सवको दोस्रो दिनको सुरुवात गर्दै ‘प्रतिरोधि पाइला’ सत्रमा विद्वत प्रवचनका लागि मञ्चमा उभिएकी उमाले आफ्नो मात्र होइन वादी समुदायको जीवन भोगाई, भोग्नु परेको विभेद र उत्पीडनका श्रीखंलाहरु शब्दमा उतारिन् । ‘धेरैलाई लाग्दो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै संघले उक्त निर्णय लिएको हो । सामाजिक सञ्जालमा अम्पायरप्रति टिप्पणी गरेकाले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् । भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ । भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् । नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ । स्थानीयका […]

मधेश मुख्‍य समाचार समाचार

शिवनगरको आँगनमा पोखिए नागरिकका पीडाः ‘प्रहरी प्रशासन निर्दोषको सहारा बनोस्’

रौतहट । रौतहटको शिवनगरस्थित कानु समाज धर्मशालाको प्राङ्गण आइतबार अलि भिन्न देखियो । त्यहाँ केवल एउटा औपचारिक कार्यक्रम भइरहेको थिएन, बरु राज्यको सुरक्षा निकाय र नागरिकबीचको विश्वासको एउटा पुल बनिरहेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा भएको ‘नागरिक सार्वजनिक सुनुवाइ’ कार्यक्रममा स्थानीयका गुनासो, अपेक्षा र सुरक्षाप्रतिको तिर्खा स्पष्टै झल्किन्थ्यो । ‘पीडित जब न्यायको आश बोकेर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आशा भोसलेको निधनले स्तब्ध नेपाली संगीत : कालजायी छन् नेपाली गीत

काठमाडौं । आशा गणपतराव भोसले भारतीय उपमहाद्वीपकी अत्यन्त चर्चित तथा बहुमुखी पाश्र्वगायिका हुन् । सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजका माध्यमबाट दशकौँसम्म राज गरिन् । उनले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकेकी छन् । हिन्दी बाहेक उनले मराठी, बंगाली, गुजराती, पंजाबी, भोजपुरी, तमिल, मलयालम, अंग्रेजी हुँदै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोशन पोख्रेलको गिरफ्तारीप्रति जेनजी मुभमेन्ट नेपालको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित

काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा […]

बागमती मुख्‍य समाचार समाचार

भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका डा.प्रतित समदानीले उनको निधनको पुष्टि गरेका हुन् […]