११ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ

रौतहट । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चिन्ता, डिप्रेसन र डिजिटल लतले नेपालीहरुमा अपराधिक सोच बढेको छ : मनोविद् ढकाल

काठमाडौं । नेपालमा पछिलो समय विभिन्न खालका अपराधिक घटनाहरू घट्नेक्रम बढेको छ । यस्ता घटनाले विकृतिहरू पनि बढेका छन् । रिस र आवेशमा सामान्य कुरालाई ठूलो बनाएर हत्यासम्म हुने गरेका घट्नालाई मनोरोगसँग जोडिने गरेका छन् । साथै मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग पनि सम्बन्धित हुने गरेका छन् । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा मनोविद् गोपाल ढकालले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

रामेछाप । नेपाल पत्रकार महासंघ सरकारको प्रेस माथि अंकुश लगाउने निर्णय विरुद्ध आन्दोलनमा उत्रिने भएको छ । नेपाल पत्रकार महासंघको आइतबार हेटौँडामा सम्पन्न चौथो पूर्ण बैठकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामा महासंघ एक भएर अघि बढ्ने निर्णय गरेको महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन् । शर्माले लोकतन्त्रको लागि लड्दै आएका सञ्चार माध्यम माथि सरकारले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारी विज्ञापनमा विभेदः निजी पत्रिकाहरु द्वारा पहिलो पृष्ठभरी ‘प्रश्नवाचक चिह्न’ राखेर विरोध

काठमाडौं । सरकारले सरकारी विज्ञापन र सूचनाहरू सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्र दिने निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरूले देशव्यापी रूपमा सांकेतिक विरोध प्रदर्शन गरेका छन् । चैत ३० गते प्रकाशित दर्जनौँ राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकाहरूले आफ्नो पहिलो पृष्ठमा समाचारको सट्टा ठूलो ‘प्रश्नवाचक चिह्न’ (?) छापेर सरकारको कदमप्रति कडा असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज दुई वटा समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विविध विषयमा छलफल हुने छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो । कार्यालयले जारी गरेको सूचनामा सम्पत्ति विवरण कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मार्फत हेर्न सकिने व्यवस्था […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ । सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोरÞ्याउँदै आफ्ना विचार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

वर्षान्त : २०८२ राजनीतिक सुनामी को वर्ष

काठमाडौँ, ३० चैत : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ । जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरबाट ३७० बढी लाभान्वित 

बाजुरा । बाजुरा जिल्लाका ४ वटा स्थानीय तहका ४ वटा स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा करिब ३७० जना भन्दा बढी लाभान्वित भएका छन् । जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र स्थानीय तहका स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य कार्यालय बाजुराद्वारा आयोजित उक्त शिविरबाट ३७० बढी ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् । अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री कुनै पूर्व जानकारी विना नै अस्पताल पुगेकी हुन् । अनुगमनका क्रममा उनले अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र केन्द्रीय महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले हालै सम्पन्न संसदीय निर्वाचनमा भएको कमजोर प्रदर्शनपछि नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै तत्काल महाधिवेशन गर्न माग गरेका छन् । ०७८ सालको एकता महाधिवेशनपछि नयाँ उत्साहका साथ अघि बढेको राप्रपा हालको निर्वाचनसम्म आइपुग्दा उल्लेखनीय रूपमा खुम्चिएको उनीहरूको निष्कर्ष […]