७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सञ्चारमन्त्री खरेलले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् । प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए । जेनजीले गरेको अभियान […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर

अत्तरिया कैलाली, ६ पुसः कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुआत गरेको हो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि विसं २०७९ […]

कर्णाली मुख्‍य समाचार समाचार

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला, ६ पुसः तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब रु सात करोड २५ लाख मात्र खर्च भएको पालिकाले जनाएको छ । सो गाउँपलिकाको १७औँ हिउँदे अधिवेशनका अवसरमा अध्यक्ष नन्दप्रसाद […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय ललितकला प्रदर्शनीका लागि कलाकृतिहरू बुझाउन आब्हान

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ । प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहेको हुँदा उक्त प्रदर्शनीमा कलाकृति समावेश गर्नका लागि २०८२ पुस ३० गते भित्र कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

छाङरुमा सौर्य मिनिग्रिड सञ्चालन

खलङ्गा दार्चुला, ६ पुसः दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् । मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

प्रविधिमार्फत हुने लैङ्गिक हिंसाबाट जोगाउन प्रभावकारी कदम आवश्यक छ’

काठमाडौँ, ६ पुसः आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा प्रविधिमार्फत हुने लैङ्गिक हिंसाका घटना पनि बढ्न थालेपछि बालबालिका र किशोरकिशोरी जोगाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । डिजिटल प्रविधिको दुरुपयोगका कारण यस्ता हिंसाका घटना बढ्दै गएकाले यसले पीडितको जीवन तथा जीविकोपार्जनमा गम्भीर असर पारिरहेको बताएका हुन् । प्रविधिमार्फत हुने लैङ्गिक हिंसाबाट प्रभावित […]

बागमती मुख्‍य समाचार समाचार

आश्रमद्वारा पुस पहिलो साता ४३ जनाको उद्धार, १७ जनाको पारिवारिक पुनर्मिलन 

काठमाडौँ। मानवसेवा आश्रमका विभिन्न शाखाहरूले पुस महिनाको पहिलो सातामा २९ पुरुष र १४ महिला गरी जम्मा ४३ जनाको उद्धार गरेका छन्। सडकपेटी तथा सार्वजनिक स्थल वा कठिन परिस्थितिमा रहेका बेवारिसे भइ जीवन व्यतित गरिरहेका व्यक्तिहरूकाे आश्रमले उद्धार गरेकाे हाे । उद्धार गरिएका आश्रितहरूको स्वास्थ्य स्थिति र पारिवारिक पृष्ठभूमि पत्ता लगाइ १७ जनाको पारिवारिक पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको छ। यस क्रममा स्वास्थ्य […]

बागमती मुख्‍य समाचार समाचार समाज

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर, ६ पुसः भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो । परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा […]

बागमती मुख्‍य समाचार समाचार

नयाँ वर्षमा नर्भिकले ल्यायो डर्माटोलोजी उपचारमा विशेष छुट अफर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्षको अवसरमा विशेष छुटको अफर ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुटको अफर ल्याएको नर्भिकले जनाएको हो। अफरमा लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै हाइड्रा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता […]