१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

९ असाेज, काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

९ असाेज, न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र   फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन् : सभापति देउवा

९ असाेज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गरेका छन् । जितिया पर्वका अवसरमा उनले सम्पूर्ण थारू महिला दिदीबहिनीमा पार्टी र आफ्नो  व्यक्तिगततर्फबाट सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै उनले जितिया पर्वले जनजीवनमा गहिरो छाप […]

मुख्‍य समाचार समाचार समाज

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

९ असाेज, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई […]

मुख्‍य समाचार समाचार समाज

घटस्थापनादेखि पूर्णिमासम्म ढुवानी गर्ने सवारी साधन चलाउन नपाइने

८ असाेज, काठमाडौँ । अत्यावश्यक बाहेक ट्रेलरलगायत मालसामान ढुवानी गर्ने ठूला सवारीसाधन १७ असोज (घटस्थापना) देखि पूर्णिमासम्म चलाउन नपाइने भएको छ । यो निर्णय नारायणगढ-काठमाडौँ रुटका लागि गरिएको हो । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित गर्न यस्तो निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।विभागका अनुसार १७ असोजदेखि १ कात्तिकसम्म यस रुटमा ठूला मालवाहक सवारी […]

मुख्‍य समाचार समाचार समाज

अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक

८ असाेज, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रशासन कार्यालयबाट बिक्री तथा प्रयोग गर्ने अनुमति लिएर मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेले […]

मुख्‍य समाचार समाचार

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी, व्यवस्थापनमा चुनौती

८ असाेज, दोधारा चाँदनी । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्षमता भए पनि कारागारमा क्षमताभन्दा बढी ५३४ कैदीबन्दी राखिएको छ । अहिले कारागारमा १४ महिला र ५२० पुरुषलाई राखिएको कारागार कार्यालयका प्रमुख मायाकुमारी बस्नेत थापाले जानकारी दिइन् । कैदीबन्दीका लागि बस्नका […]

मुख्‍य समाचार समाचार समाज

४१ एसपीको सरुवा, १६ जिल्लाका प्रमुख फेरिए

८ असाेज, काठमाडौैं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४१ प्रहरी उपरिक्षक(एसपी)को सरुवा गरेको छ । सरुवामा १६ जिल्लाका प्रमुख फेरिएका छन् । कास्कीमा श्यामबाबु ओलीया, सुनसरीमा सुमन कुमार तिमिल्सना, धनकुटामा श्यामसिंह चौधरी, सिराहामा रमेश पण्डित, पूर्वी नवलपरासीमा यादब ढकाललाई पठाइएको छ । त्यस्तै, दाङमा अर्जुन तिमल्सिना, भक्तपुरमा माधव प्रसाद बुढाथोकी, मकवानपुरमा विश्वराज खड्का, डोटीमा बिनोद […]

मुख्‍य समाचार समाचार समाज

सञ्चालकले बचत फिर्ता गरे सहकारी ठगीमा मुद्दा नचल्ने

८ असाेज, काठमाडौँ । सहकारी ठगीमा संलग्नहरूले मुद्दा दायर हुनुअघि तिर्नुपर्ने साँवा ब्याज भुक्तानी गरेमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले यसअघि चेक अनादर र केही बैंकिङ कसुरमा अभ्यास भइरहेको मिलापत्रको अवधारणालाई सहकारी ऐन अन्तर्गतको कसुरमा पनि कार्यान्वयन गर्ने निर्णय गरेको हो । महान्यायाधिवक्ता रमेश बडालले नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने […]

मुख्‍य समाचार समाचार

दशैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने

८ असाेज, काठमाडौँ । दशैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो । दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा पहिलोपटक स्याउ मेला आयोजना हुने

८ असाेज,  काठमाडौँ । काठमाडौँमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ । ठमेलको होटेल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीनसम्म चल्ने छ । किसान भेन्चरले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, […]

मुख्‍य समाचार राजनीति समाचार

संघीयता आएपछि जनताले आफ्नै गाउँ-ठाउँमा स्वास्थ्य र शिक्षा पाएका छन् : देउवा

८ असाेज,  काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मुलुक संघीय व्यवस्थामा गएपछि स्वास्थ्य र शिक्षामा नागरिकको सहज पहुँच पुगेको बताएका छन्। मंगलबार पर्साको पटेर्वा सुगौली-४ मा नवनिर्मित आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि जनताले आफ्नै गाउँ ठाउँमा स्वास्थ्य र शिक्षाको सुविधा पाउन थालेको बताए। उनले शिक्षा र […]