१९ चैत्र २०८२, बिहीबार
समाचार समाज

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

१२ असाेज, काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराएका हुन् । प्रदेश, जिल्ला र स्थानीय तहका […]

Backspin On line casino Nz ️ litre Zero cost Moves Designed for $single

Content Downpayment Online casino With its Bonus deals Best On line casinos Open up Matches For North america Canadian Super Dough Invariably winners Internet casino Video game titles Bitcoin – Clear an internet casino justification you should visit the serps’azines ‘cashier’ community. Only just enter in the sale’ohydrates circulation and turn out to be them […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

१२ असाेज, धादिङ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका-९ झ्याप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ । आज बिहान बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको बससहित तीन वटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ यु–१७ च्याम्पियनसिप: सेमिफाइनलमै सकियो नेपालको यात्रा

१२ असाेज, काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ४–२ गोलले पराजित भयो । भारतको जितमा चिङ्गखम, विशाल यादव, ऋषी सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गर्नुभयो । नेपालका लागि सुवास बमले सान्त्वना गोल फर्काएनुभयो । नेपालले अर्को […]

समाचार समाज

वर्षाका कारण मेलम्चीको पानी आउने दिन अनिश्चित

१२ असाेज, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले दसैँअघि नै काठमाडौँ उपत्यकामा पुनः पानी ल्याउने तयारी गरेकामा बिहीबारदेखिको वर्षाले सो कार्य थप अनिश्चित भएको छ । समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले राजधानीमा पानी ल्याउन प्राविधिक काम सकेकामा बिहीबारदेखिको वर्षाले अनिश्चित भएको बताए। उनले मेलम्ची खानेपानीको मुहान स्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा भने ठूलो […]

मुख्‍य समाचार समाचार समाज

अपडेट : विपद्‌मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

१२ असाेज, काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालसम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र […]

समाचार समाज

काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन

१२ असाेज, काठमाडौँ । काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा आज राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्भेस्टमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो । यसअघि […]

समाचार समाज

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

१२ असाेज, सुनसरी । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को […]

मुख्‍य समाचार समाचार समाज

नख्खु खोलाको उर्लँदो भेलमा चणिकलालको साहस : दुई जनाको जीवन रक्षा गरेर असल मानवताको उदाहरण प्रस्तुत

१२ असाेज,  काठमाडौँ । ललितपुरको सुगम बस्ती टोलमा शुक्रवारदेखि परेको अविरल वर्षाले नख्खु खोला उर्लिएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरू त्रसित थिए। यस्तो संकटको समयमा ३३ वर्षीय चणिकलाल तामाङले अदम्य साहस प्रस्तुत गर्दै नख्खु खोलाको उर्लंदो भेलमा हाम फालेर दुई जनाको जीवन बचाएका छन्। रौतहट घर भई ललितपुरको सुगम बस्तीमा बस्दै आएका ४३ वर्षीय राजु […]

समाचार समाज

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

१२ असाेज,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्। उनले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा […]

अन्तर्राष्ट्रिय समाचार समाज

जी-७७ र चीनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह

१२ असाेज, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्टित देशहरू पछिल्ला वर्षहरूमा आर्थिक तथा अन्य समस्यामा परेका र ती देशहरूले ‘विकासको ‘एजेन्डा’ २०३०’ समेत पूरा गर्न सक्ने अवस्था नरहेकाले आवश्यक सहयोगका लागि जी-७७ समूहमा आबद्ध देशहरू र चीनलाई आग्रह गरेकी छन् । जी-७७ समूह र चीनको वार्षिक बैठकलाई आज न्युयोर्कमा […]

समाचार समाज

अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)

१२ असाेज, काठमाडौँ । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी […]