२ कार्तिक २०८३, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू

महेन्द्रनगर धनुषा, १५ पुस । धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सीमाङ्कनको काम सुरू गरिएको छ । आजदेखि विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेको अरजनवाँ गाउँबाट सीमाङ्कनको काम सुरू गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री […]

बागमती मुख्‍य समाचार समाचार समाज

आस्थाको धरोहर बन्दै सङ्गमेश्वर महादेव, नयाँ कार्यसमिति चयन

भक्तपुर, १५ पुस । मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी, कमेरोटार राधेराधेस्थित श्री सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाको १०औँ साधारणसभाले मोहनबर सिंह प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा शिवप्रसाद वाग्ले, सचिवमा कृष्णहरि देवकोटा, कोषाध्यक्षमा सुनिल ढकाल र सहसचिवमा श्याममणि आचार्यलाई आगामी कार्यकालका लागि चयन गरेको हो । साधारणसभाले संस्थाका सदस्यहरूमा केदारप्रसाद […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सडकलाई समृद्धिसँग जोड्नुपर्नेमा मन्त्री दाहालको जोड

काठमाडौँ, १५ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनाहरुलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन् । सडक बोर्ड नेपालको २२औँ स्थापना दिवसका अवसरमा आज बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । अब बन्ने संरचनाहरुले देशको समृद्धि यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाघको आक्रमणबाट वृद्ध महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रूम्बालाई आइतवार साँझ ५ बजेतिर घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो । यतिबेला बसन्तपुर गाउँ त्रसित […]

अर्थ कर्णाली मुख्‍य समाचार समाचार समाज

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन नौ करोड ७६ लाख सङ्कलन

कर्णाली, १५ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन रू नौ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन भएको छ । यही मङ्सिर २१–२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट उक्त रकम सङ्कलन भएको हो । महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट सङ्कलित रकम सार्वजनिक […]

अर्थ प्रदेस समाचार बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव : सातै प्रदेशमा प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा भई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

 ‘सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माण गर्नुपर्छ’

काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै जाति समुदायका मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन् । तमु ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै नागरिकका अधिकार संरक्षण गरी सामाजिक न्याय र समानतासहितको समुन्नत […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल

देउखुरी दाङ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताएका छन् । एमाले दाङको प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूको सम्मानमा आज दाङको घोराहीमा […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

वीरगञ्ज पर्सा, १५ पुस । वीरगञ्ज महानगरले घण्टाघरचोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर तरकारी तथा फलफूल व्यापार गर्दै आएका व्यापारीलाई सात दिनभित्र खाली गर्न दोस्रोपटक ‘अल्टिमेटम’ दिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गत शुक्रबार दोस्रोपटक सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र घण्टाघरस्थित बिपी उद्यान हाताभित्र सञ्चालनमा रहेका तरकारी तथा फलफूल बजार […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सहकारी अध्यादेश : के थपियो, के हटाइयो ?

काठमाडौं । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि तुरुन्त पारम्भ हुने गरी अध्यादेस मार्फत ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । सहकारी सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल संघीय संसदको अधिवेशन चालू नभएकाले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको […]

बागमती मुख्‍य समाचार समाचार समाज

ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । एनपीएल २०२४ […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

धरानमा कवि शिरोमणिको जन्मजयन्ती

धरान सुनसरी, १५ पुस । कविशिरोमणि लेखनाथ पौडेलको एक सय ४१औँ जन्मजयन्तीका अवसरमा आज धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङले  कविशिरोमणि पौडेलको शालिकमा माल्यार्पण गरे । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौडेल हुकुमी शासनको बेला सामाजिक, […]