१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान संशोधनको विषयमा तलमाथि हुँदैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानूनहरु संशोधनमा ल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए । उनले भने, ‘काम गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी

काठमाडौं । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेथिति रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो । विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

कर्मचारीले जुटाए गरिव घर परिवारका बिरामीलाई सहयोग

मुगु । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले जिल्लाका विपन्न घर परिवारका बिरामीलाई राहतस्वरुप रकम सहयोग गरेको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मुगुले एक लाखसम्म रकम संकलन गरी विपन्न घर परिवारका जटिल रोगका बिरामीलाई राहत रकम सहयोग गरेको हो । ‘सामाजिक कार्यमा हाम्रो सहभागिता’ भन्ने उद्देश्यका साथ नेपाल निजामती कर्मचारी संगठन […]

मधेश मुख्‍य समाचार समाचार समाज

१० किलो गाँजासहित तीन भारतीय पक्राउ

बारा । बाराको प्रसौनीबाट प्रहरीले १0 किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो

कास्की । पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ । रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार विहानै प्रेस बिज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् । पार्टी सभापति लामिछानेको रिहाई र न्यायका लागि विभिन्न मध्यमबाट […]

कोशी मुख्‍य समाचार समाचार समाज

फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण

फुङ्लिङ ताप्लेजुङ, २६ पुस । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा ताक्वाजङ याःसक्मादेन निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पु¥याएको छ । धाननाच प्रतिमा […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी, २६ पुस । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत […]

कोशी मुख्‍य समाचार समाचार समाज

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी सङ्खुवासभा, २६ पुस । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित

गुल्मी, २६ पुस । गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

म्याग्दीका सडक योजनामा बजेट अभाव

म्याग्दी, २६ पुस । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

तुलसीपुर दाङ, २६ पुस । तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरू गरे विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे । अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, २६ पुस । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख […]