१ कार्तिक २०८३, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

राष्ट्रपति रनिङ शिल्डः श्रीकेदार मावि प्रथम

बैतडी, २८ पुस । जिल्लाको दोगडाकेदार गाउँपालिकामा जारी पाचौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । दोगडाकेदार–७ लवलेकमा यही पुस २४ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो । सहभागी विद्यालयमध्ये श्रीकेदार माध्यमिक विद्यालय दोगडाकेदार–४ पिपलकोट प्रथम भएको छ । श्री केदार माविले प्रथम […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

पुनः नगदेबालीको पहिचान बनाउँदै : उखुखेती

बरहथवा सर्लाही, २८ पुस । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनी जस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन् । विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

माघीको तयारीमा जुटयो थारू समुदाय

कैलाली, २८ पुस । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ । माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा चहलपहल बढेको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

पाँचखालका बिरामीलाई निःशुल्क रगत

काभ्रेपलाञ्चोक, २८ पुस । पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ । नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख मशेह खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गरेका हुन् । सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कलुवापुरमा खानेपानी समस्या हट्यो

कञ्चनपुर, २८ पुस । शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ । आयोजनाअन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिपट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित

चितवन, २८ पुस । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य तोलामा १६०० ले बढ्यो

काठमाडौँ, २८ पुस । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा आज प्रतितोला सुनमा रु एक हजार ६०० […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस

जुम्ला, २८ पुस । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए। यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ, २८ पुस । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त यस जिज्ञासामा गायक सपूतले आउँदा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला

काभ्रेपलाञ्चोक, २८ पुस । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । फाउण्डेशनको सहयोगमा १५ कम्प्युटर, स्मार्टबोर्ड एक , पाँच स्मार्ट टिभी, ल्यापटप, प्रोजेक्टर एक , फोटोकपी मेसिन तथा प्रयोगशालाका लागि फर्निचर र कार्पेट व्यवस्थापन गरिएको हो । रु १६ लाखको सहयोगमा उक्त प्रयोगशाला […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा,यस्तो छ खेल तालिका

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो । काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् । तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शिर्ष दुई […]