१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै महानगरपालिका, वडा नं. ७ मा फायर फाइटिङ पाइपलाइन जडान

२९ पौष, काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्र कुमार भुजेलले बताए । उनले भने, ‘साँघुरा गल्लिहरुमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्र्तगतका बजेटहरुबाट फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको हो । विभिन्न वडाहरुमा जहाँ दमकल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै सोमबार भने चाँदीको मूल्य स्थिर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भूकम्प प्रभावित वालवालिका भन्छन् : ‘हाम्रो घर छिट्टै पुनर्निर्माण होस्’

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित डिङ्ग्री काउन्टीका बालबालिकाहरु मनोवैज्ञानिक असर कम गराउन अस्थायी मनोरञ्जन केन्द्रमा समय विताइरहेका छन् । उनीहरुले उद्धारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना चित्र र शब्दहरूमार्फत राम्रो भविष्यको आशा समेत व्यक्त गरेका छन् । विपद्पछिको पुनःनिर्माण र पुनर्निर्माणको काम भइरहेकाले उद्धारकर्ताहरूले स्थानीय बालबालिकालाई मनोवैज्ञानिक रुपमा स्वस्थ्य बनाउन विभिन्न प्रयासहरु जारी राखेका […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

२९ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न […]

प्रवास मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियाको सिड्नीमा थारु माघी महोत्सब मनाउने, अनु चौधरीको पनि प्रस्तुति रह्ने

सिड्नी । सन् २०१८ मा अस्ट्रेलियामा स्थापना भएको ‘थारू सोसाइटी सिड्नी अस्ट्रेलिया’ले यस वर्ष पनि माघी पर्व विविध कार्यक्रमसहित मनाउन लागेको छ । अस्ट्रेलियामा रहेका थारूहरूबीच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना गर्दै आइरहेको उक्त संस्थाले सिड्नीमा हर्षोल्लासका साथ माघी मनाउन लागेको हो । यसपटक नेपालकी चर्चित गायिका अनु चौधरीको उपस्थितिले महोत्सवको रौनक थप […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गुलरिया बर्दिया, २८ पुस । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

चाकु र तरुल मानव शरीरका लागि लाभदायक 

काठमाडौँ, २८ पुस । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ । पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने

सिरहा, २८ पुस । सिरहाको लहान नगरपालिकाले विद्यायल भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरका ५९ सामुदायिक र ११ धार्मिक विद्यायलका शिक्षकहरूलाई तालिम दिन सुरु गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फिरोज कटुवालले जानकारी दिए । प्रमुख कटुवालका अनुसार ३५/३५ जनाको समूह बनाई पहिलो समूहलाई […]

मधेश मुख्‍य समाचार समाचार समाज

सप्तरीबाट ६७० किलो गाँजा बरामद

सप्तरी ।  सप्तरी प्रहरीले ६७० किलो लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा लुकाइ छिपाई राखेको सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले बरामद गरेको हो । बलान बिहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टिस्थित पूर्वपश्चिम हुलाकी राजमार्ग देखी अन्दाजी १५० मिटर उत्तरतर्फ परालले छोपिएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय […]