१ कार्तिक २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी, २८ पुस । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले जिल्लाको सडक, नदी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, धार्मिक पर्यटकीयस्थलको विकासमा पार्टीको साथ रहेको र  प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। सभापति देउवासमक्ष […]

बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप -पत्र दायर

काठमाडौँ, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अनुहारमा होइन विचारमा सुन्दरताको खोजी

काठमाडौँ, २८ पुस : जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली युवतीहरुको नाकको अलिकति चर्चा गरिएको छ । उनीहरुको नाकलाई ‘तेलको धारा’जस्ता भनिएको छ ।व्यक्तिले व्यक्तिमाथि दृष्टि दिंदा उसका आँखाहरुको मूल आकर्षणको केन्द्र अनुहार नै हुन्छ । समकालीन दुनियाँमा मानिसको आँखा, नाक वा शारिरीक […]

बागमती मुख्‍य समाचार समाचार समाज

दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर, २८ पुस ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ । गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा धान उत्पादन बढ्यो

जलेश्वर, २८ पुस । महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो । यस वर्ष कुल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

मोरङ, २८ पुस । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । “आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार समाचार समाज

आठौँ म्याग्दी महोत्सव सुरु

म्याग्दी, २८ पुस । बेनीमा आजदेखि आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सुरु भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा महोत्सव सुरु भएको हो । चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट ट्रेड रुट’का रूपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार वरिष्ठ अधिवक्ता कार्कीलाई

काठमाडौं । स्वर्गीय सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रदान गरिएको छ । बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो । पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । सुरेन्द्र बहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा अधिवक्ताका रुपमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा विजेन्द्र विक्रम शाह सर्वसम्मत

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । १९ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

चुकेनीको विद्युतले झिलिमिलि जुम्ला, लोडसेडिङ हट्यो

जुम्ला । विद्युतको उज्यालो अभाव खेपिरहेको जुम्लामा पहिलो पटक एक मेगावाट विद्युत उत्पादन भएपछि गाउँ झिलिमिलि भएको छ । पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्था लिमिटेडबाट सञ्चालित योजनाको निर्माण सम्पन्न भइ संचालनमा आएपछि विद्युतको अभाव टरेको हो । जुम्लाको खलंङ्गगा बजारमा दैनिक १८ घण्टासम्म लोडसेडिङ्ग हुने गरेको थियो । नेपाल विद्युत प्राधिकरण जुम्लाको घुघुतिमा रहेको […]