१४ श्रावण २०८३, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मानित

काठमाडौँ, २६ पुस ।अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ । आज यहाँ आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो । सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका चितवन, लहान […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

गोदावरी कैलाली, २६ पुस । कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । विश्व बैङ्कको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाइ धनगढीका प्रमुख जगतराज […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

कञ्चनपुर, २६ पुस । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘ममी’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ । पुरानो घरको अगाडि उभिएकी प्रिंयका र उनको पछाडी रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र […]

बागमती मुख्‍य समाचार समाचार समाज

चितवन महोत्सवमा काँचो केराका परिकार

चितवन, २६ पुस । तनहुँको देवघाटबाट आएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै थिए । उनले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाए । उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु गरेको १५औँ चितवन महोत्सवको उद्घाटन समारोहमा सहभागी हुन आएकी तिमिल्सिनाले आफूले केरा पकाएर खाने गरे पनि […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

 ‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’

बाँके, २६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार समाज

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

काठमाडौँ, २६ पुस । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

महिला यू–१९ क्रिकेट टोलीलाई मन्त्रीले गरे विदाई

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला यू–१९ क्रिकेट टोलीले विश्वकपमा नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित महिला यू–१९ क्रिकेट टोलीलाई बिदाईको क्रममा उनले जित्छु भन्ने विश्वासका साथ खेल खेल्न आग्रह गर्दै नेपालको राम्रो छाप छाडेर आउने विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘विश्वकपमा नेपालको एउटा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

काठमाडौँ, २६ पुस । सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यही पुस २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् । बैठकले सहसचिव विष्णुप्रसाद शर्मालाई […]

पर्यटन बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : मन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रको लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाए । उनले भने, ‘जतिबेला हामी सरकारमा छौ, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २६ पुस । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने […]

कोशी मुख्‍य समाचार समाचार समाज

खाद्य गोदामबाट चामल वितरण सुरु

भोजपुर, २६ पुस । खाद्य गोदामबाट सुपथ मूल्यमा चामल वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ । गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो । गत असोज ७ गतेदेखि आगामी माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार […]