३० आश्विन २०८३, शुक्रबार
कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी

जुम्ला, १४ माघ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेकाछन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

लुम्बिनी मर्चवार, १४ माघ । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सवस्टेसनको सिभिल संरचनामा ३५ प्रतिशत […]

कोशी मुख्‍य समाचार समाचार समाज

पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण

भोजपुर, १४ माघ । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

घुन्सा खोला जलविद्युत् : आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ, १४ माघ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत्् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना  रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी […]

बागमती मुख्‍य समाचार समाचार समाज

जङ्गी अड्डामा फोटो प्रदर्शनी

काठमाडौँ, १४ माघ । नेपाली सेनाले भोलि मङ्गलबारदेखि फोटो तथा वृहद प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ । त्यसका साथै सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

दाङ,१४ माघ । तुलसीपुर उपमहानगरपालिका– १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् । “ पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बोयर जातको बोकाको माग उच्च

दमौली तनहुँ, १४ माघ । तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको  छ ।   प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका […]

कोशी मनोरन्जन मुख्‍य समाचार समाचार समाज

आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’

फिक्कल इलाम, १४ माघ । इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो । चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद […]

कोशी मुख्‍य समाचार समाचार समाज

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन : ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट

झापा, १४ माघ । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताए। भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग […]

कोशी मुख्‍य समाचार समाचार समाज

अल्लोको कपडाबाट आकर्षित सामग्री

फुङ्लिङ ताप्लेजुङ, १४ माघ । ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् । फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् । बिहान–बेलुका घरायसी काम सकेर […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सत्तारुढ दलहरूको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ । सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’

लुम्बिनी, १४ माघ । कपिलवस्तुको सगहरवामा मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिको व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूतिरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा स्थानीयकै अग्रसरतामा मात्रै सम्पदास्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । लुम्बिनी विकास […]