३० आश्विन २०८३, शुक्रबार
कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन् । विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन् । चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

१४ माघ, नेपालगञ्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन : गृहमन्त्री लेखक

काठमाडौं । नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखक समक्ष ध्यानार्षण पत्र बुझाएको हो । उक्त ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले स्वतन्त्र पत्रकारितालाई कसैले पनि अवरोध गर्न नहुने बताए । उनले पत्रकारितालाई व्यवसायीक ढंगले […]

बागमती मुख्‍य समाचार समाचार समाज

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिए । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १४ माघ । सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज आइतबारको तुलनामा चाँदीको मूल्य […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

टाइगर कप भलिबल : एपिएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एनसेल पाँचौ टाइगर कप भलिबलको महिलातर्फ लगातार दोस्रो खेल जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारको पहिलो खेलमा एपिएफले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । यसैगरी आज पनि एपिएफले डायमण्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित गर्यो । आजबाट प्रतियोगितामा लिग […]

बागमती मुख्‍य समाचार समाचार समाज

सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा

बागमती, १४ माघ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

भक्तपुर, १४ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन्। आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

काठमाडौँ, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।  पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए । गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय १४ घण्टा […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज होलोकास्ट स्मृति दिवस

काठमाडौँ, १४ माघ । दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०/७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो । यो दिवस  न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तारको जञ्जालबाट मुक्त हुँदै पोखरा

गण्डकी, १४ माघ । विजयपुर खोला कटेर पर्यटकीय राजधानी सहर पोखरा छिर्दा पहिलेको दाँजोमा हिजोआज केही फरक दृश्य आँखामा आइपुग्छ । गाडीमा चढ्दा होस् या पैदल हिँड्दा उत्तरपट्टिका लहरै हिमाल सजिलै देख्न सकिन्छ । छिटपुटबाहेक विद्युत्का जीर्ण पोल हटाइएको छ । तार जमिनमुनि बिछ्याइएको छ । गुजुमुज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता टरेको छ । […]

कोशी मुख्‍य समाचार समाचार समाज

सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा

झापा, १४ माघ । शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको उक्त फार्मले अतिक्रमण हटाउन बर्सेनि विभिन्न […]