१३ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु

८ माघ, मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गरे । रु एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष […]

बागमती मुख्‍य समाचार समाचार समाज

पीएफसी इमर्जिङ कपमा क्वाटरफाइनलका खेलहरु आजबाट

भरतपुर ।तेस्रो संस्करणको पीएफसी इमर्जिङ कप–२०८१ क्वाटरफाइनल खेलहरु आज (मंगलबार) बाट सुरु हुँदैछन । क्वाटरफाइनल खेल अन्तर्गत आज दुई खेल हुनेछन । पहिलो क्वाटरफाइनलमा दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र पारिजात इंग्लिश बोर्डिङ स्कूल खेल्नेछन । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पारिजात इंग्लिश बोर्डिङ स्कूलले पहिलो संस्करणको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा रु १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आ.वको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा रु १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व संकलन गरेको छ । यो अघिल्लो आव २०८०/८१ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

सुर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो। जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाली कांग्रेस पक्षीय नगर सभासदले पोखरा महानगरको कार्यालयमा तालाबन्दी गरे

पोखरा । नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बहुमत सदस्य उपस्थित हुँदा हुँदै पनि मेयरले नगरसभा स्थगित गरेको भन्दै नेपाली कांग्रेस पक्षीय नगर सभासदहरुले पोखरा महानगरपालिकाको मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । करारमा कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले शिक्षकहरुको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिईन् । उनले भनिन्, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

मोरङ, ७ माघः गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अपराधजन्य काममा संलग्नलाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुने भएकाले बहस गरेको कारण वकिल, इलाज गरेका कारण चिकित्सकलाई कुटपिट गरिनु कुनै हालतले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आर्थिक कूटनीतिले प्राथमिकता पाउने : राजदूत नेपाल

काठमाडौँ, ७ माघ । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्पेन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राससकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नवनियुक्त युवा राजदूत नेपालले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायतका क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी मुलुकको अर्थतन्त्र सुधारका पक्षमा योजनाबद्ध […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

७ माघ,  काठमाडौँ  । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ । केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका छन् । उनले आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’

काठमाडौँ, ७ माघ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिए । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण […]

बागमती मुख्‍य समाचार समाचार समाज

संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वान गर्ने सम्बन्धमा परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरूबीच संसद् अधिवेशन आह्वान र संसद्को ‘विजनेस’का बारेमा कुराकानी भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको तयारी […]