१३ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

धरानका मेयर सिंहदरबार पुगे, रित्तो गाग्री भने प्रहरीले खोस्यो

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् । उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए । उनको गाग्री भने प्रहरीले खोसेको छ । मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग […]

बागमती मुख्‍य समाचार समाचार समाज

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई

काठमाडौँ, ८ माघ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गरेका हुन् । परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न […]

बागमती मुख्‍य समाचार समाचार समाज

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काँग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् । […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी

लमजुङ, ८ माघ । पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची, ८ माघ । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम

पथरी मोरङ, ८ माघ । पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे–८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रि«कसिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् । […]

बागमती मुख्‍य समाचार समाचार समाज

उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु

मुग्लिन चितवन, ८ माघ । इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गरे । रु एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलिया र स्पेनका लागि नेपाली राजदूतले गरे पदभार ग्रहण

काठमाडौँ । स्पेन अधिराज्यका लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले स्पेन पुगेर पदभार ग्रहण गरेका छन् । आफ्नो कार्यभार सम्हाल्न हिजो माघ ७ गते तदनुसार २० जनवरी २०२५ का दिन नेपालबाट सपरिवार स्पेन गएका नेपालले हिजो नै स्पेनको म्याड्रिड स्थित नेपाली राजदूतावासमा पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनलाई म्याड्रिडस्थीत […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर १ लाख ५८ हजार १ सय रुपैयाँ तोकिएकोे छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

अफ सिजनमै रारा घुम्ने पर्यटकहरुको संख्यामा बृद्धि

मुगु । चर्चित पर्यटकीय स्थल रारामा पर्यटकको चहलपहल बढेको छ । समुद्री सतहदेखि २९ सय मिटरको रहेको रारा क्षेत्रमा हिउँ परेपछि हिउँ खेल्नेहरुको भीड बढेको हो । दिनको तीन पटक आफ्नो रङ फेरिरहने नेपालको ठूलो अनि सुन्दर महेन्द्र अर्थात रारा ताल किनारमा सेताम्मे हिमपातले पर्यटकलाई लोभ्याएको छ । हिउँदे चिसोको समयमा सुनसान हुने रारामा माघ […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज माओवादीको पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा दिउँसो १ बजे बैठक बस्ने छ । बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापनलगायत विषयमा छलफल हुने छ ।

अर्थ मुख्‍य समाचार समाचार समाज

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ भने केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय […]