१४ असार २०८३, आईतवार
मधेश मुख्‍य समाचार समाचार

छठ पूजाको आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिदै

वीरगन्ज । पर्सा लगायत देशभरि आज छठ पूजाको तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । हर्ष उल्लासका साथ छठी घाटमा पुगेका व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चैती छठ पर्वको आज तेस्रो दिन व्रतालुहरू पर्सामा रहेका तलाउ, […]

गण्डकी मुख्‍य समाचार समाचार

छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले १८ औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दशैं (चैत्राष्टमी व्रत) का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ । नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका […]

बागमती मुख्‍य समाचार समाचार

नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामी अझै पहिचान हुन नसकेको बताएका छन् । मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले क्षयरोग उपचार गरेर निको पार्न सकिने रोग भए पनि विभिन्न कारणले अझै प्रभावकारी रूपमा पहिचान र उपचारको दायरा विस्तार गर्न नसकिएको उल्लेख गरेका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । जेनजी मुभमेन्ट नेपालले मंगलबार (आज) जारी गरेको प्रेस वक्तव्यमा प्रतिवेदन सार्वजनिक नगर्नु पारदर्शिता, उत्तरदायित्व र सुशासनको सिद्धान्तविपरीत भएको आरोप लगाइएको छ । ‘देशको राजनीतिक नयाँ दिशाबोध गर्ने विश्वास गरिएको उक्त प्रतिवेदन लुकाएर […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भदौ मसान्तमा गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा उनले कार्यतालिका प्रस्ताव गरेका हुन् । सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ। विशेष महाधिवेशन भएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिनेगरी काम गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताएका हुन्। उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

जनकपुर । जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सको सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका छन् । जेन–जी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकार समक्ष प्रतिवेदन हस्तान्तरण गरेपनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेन–जी मुभमेन्टका सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । उनीहरुले मंगलबार (आज) जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नेता महर

चितवन । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आयोजित ‘भेटघाट तथा विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । उनले पार्टीभित्रको वैचारिक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव

काठमाडौं । अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ । कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ । सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

Today’s Photo – हिँउ माथि प्रभुको हेलिक्पटर अवतरण गर्दै, पृष्ठभूमीमा नयाँ काङ्गा शिखर

नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५,८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

कोलम्बियामा सैन्य विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा […]

मधेश मुख्‍य समाचार समाचार समाज

बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ । चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो। गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा […]