२५ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो, प्रहरीद्वारा नियन्त्रणमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ ।

आज दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट ढुङ्गा खसेपछि पेट्रोल ट्याङ्कीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको तीव्र सक्रियता र तत्परताका कारण कारमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको थियो।

समयमै आगो नियन्त्रणमा आउदा थप ठूलो क्षति हुनबाट जोगिएको प्रहरी उपरीक्षक रबिन्द्र खनालले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि