१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् । यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाज

इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधबार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए […]

बागमती मुख्‍य समाचार समाचार

१४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ […]

मधेश मुख्‍य समाचार समाचार

सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा सम्पन्न

सिरहा । सिरहाको गोलबजारमा धुमधामका साथ चैती छठ पूजा मनाइएको छ । श्रद्धा, भक्ति र उत्साहका साथ मनाइने यस महान पर्वमा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । गोलबजारका विभिन्न पोखरी तथा नदी किनारहरूमा बिहानैदेखि व्रतालुहरू भेला भई अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । व्रतालु महिलाहरूले परम्परागत भेषभूषामा सजिएर विधिपूर्वक पूजा सम्पन्न […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्यमा विशेष ध्यान

मुगु । जुम्ला जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले २०८२ चैत १० गते मंगलबार स्वास्थ्य जाँच गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय तथा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले ६२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल भएको छ । बुधबार सामाजिक सञ्जामार्फत साम्बाले अकल्यान्ड, न्युजिल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया गरिएको जानकारी दिएकी हुन्। चिकित्सकको निगरानीमा भोलिदेखि रिह्याब सुरु हुने उनले जनाएकी छन्। खाडी क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण उपचारका लागि कतार जान नसकिएको अवस्थामा वैकल्पिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसले आज शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ११ः१५ बजे ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । नेपाली कांग्रेसका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

रौतहट । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुनको किनबेच […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए । बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भुभागकाे स्थानमा केही हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपात भैरहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी […]

समाचार समाज

थारू विद्यार्थी समाजद्वारा नवनिर्वाचित थारू सांसदहरूलाई बधाई तथा विशेष सम्मान गरिने

काठमाडौं । थारू विद्यार्थी समाज केन्द्रीय कार्यसमितिले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ बाट निर्वाचित थारू समुदायका सांसदहरूलाई सम्मान गर्ने भएको छ । समाजले आगामी शनिबार काठमाडौंको अनामनगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गर्न लागेको हो । कार्यक्रममा थारू समुदायबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ । समाजका […]

बागमती मुख्‍य समाचार समाचार

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौँ, १० चैतः खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिएका छन् । विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा अन्तरराष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका […]