२५ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रत्येक वर्ष ३५ लाख भन्दा धेरै नागरिकलाई सेवा प्रदान गर्दै आएको छौँ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी अध्यक्ष विनोद कुमार शर्माले प्रत्येक वर्ष ३५ लाख भन्दा धेरै नागरिकलाई सेवा प्रदान गर्दै आएको बताएका छन् ।

विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस २०२६ का अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रत्येक वर्ष ३५ लाख भन्दा धेरै नागरिकहरूलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले समुदाय स्तरमा प्रभावकारी सेवा विस्तार गर्न सफल भएको बताएका हुन् ।

‘प्रत्येक वर्ष ३५ लाख भन्दा धेरै नागरिकहरूलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले समुदाय स्तरमा प्रभावकारी सेवा विस्तार गर्न सफल भएको छ । पछिल्ला केही वर्षदेखि नेपालमा रेडक्रसको तटस्थता, सुसञ्चालन र स्वतन्त्रतालाई थप मजबुद बनाउन रेडक्रस कानुनको अभाव महसुस गरिएकाले नेपाल सरकारलगायत सम्पूर्ण सरोकारवालाहरूलाई रेडक्रस कानुनको लागि पहल गरिदिनुहुन पनि अनुरोध गर्दछाैँ,’ शुभकामना सन्देश उल्लेख छ ।

नेपालमा रेडक्रसको तटस्थता, सुसञ्चालन र स्वतन्त्रतालाई थप मजबुद बनाउन रेडक्रस कानुनको अभाव महसुस गरिएकाले नेपाल सरकारलगायत सम्पूर्ण सरोकारवालाहरूलाई रेडक्रस कानुनको लागि पहल गरिदिन आग्रह समेत गरेको छ ।

विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस २०२६ को नारा “मानवताका लागि एकबद्ध होऔँ”ले सङ्कटका बेला प्रभावित समुदायसँगै उभिने स्वयंसेवक तथा कर्मचारीहरूको समर्पणलाई सम्मान व्यक्त गरे ।

उनले विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस २०२६ का अवसरमा मानव सेवामा समर्पित सम्पूर्ण स्वयंसेवक, कर्मचारी तथा सहयोगी साझेदारहरूलाई धन्यवाद समेत दिएका छन् । उनले आगामी दिनहरूमा अझ प्रभावकारी, पारदर्शी र द्रुत मानवीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि