श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै
धरान सुनसरी, २० फागुन । धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थालेको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रुपमा काम गरिरहेको बताए। सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका–४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुङ्गे पार्कमा अझ आफ्नो कलालाई निखारी रहेका छन् । उनी […]











