९ श्रावण २०८३, शनिबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

‘हेलो सरकार पोर्टल’ सञ्चालनसम्बन्धी गोष्ठी

विराटनगर, २२ फागुन । कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले नागरिकको गुनासो सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ एपबाट जनता उत्साहित भएका बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित हेलो सरकार पोर्टल सञ्चालन तथा गुनासो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रसेवक कर्मचारीले सकेसम्म गुनासो आउन नदिनेतर्फ सचेत रहनुपर्नेमा जोड दिए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण ट्रायलका लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी ह्युमन प्यापिलोमा भाइरस खोपको हालसम्म गरिएका अध्ययनअनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उनले बताए । राष्ट्रियसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा शून्य समय । विकासमा विभेद हुने गरेको सांसदहरुको गुनासो

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन् । सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको धारणा राखे । विकासमा पनि दलीय विभेद हुनेगरेको उनको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब

चितवन, २२ फागुन । भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार एउटा सामान छुटेकाले थप केही समय लागेको हो । अस्पतालले यसै महिनादेखि क्याथल्याब सञ्चालन गर्ने तयारी गरेको थियो । पौडेलले भने, “जर्मनबाट […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तीपूर्ण प्रदर्शन गरेको छ । उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन् । मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔ !’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन् । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘महिला चलचित्र महोत्सव’ सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’ को आयोजनामा मंगलबारदेखि शुरु भएको ‘महिला चलचित्र महोत्सव’ बिहीबार सम्पन्न भएको छ । ‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलबारदेखि सुरु भएको महोत्सव बिहीबार विभिन्न कलाकारहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो । महिला चलचित्र महोत्सवको पहिलो दिन चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । सन् […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकार कमिसनखोर व्यापारीको पक्षमा छ : सांसद ढकाल

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको प्रमाणित भएको बताए । उनले भने, ‘सरकार कमिसन बढाउनुप¥यो भन्ने व्यापारीहरू खोजी खोजी हिँडिरहेको छ । सरकार कमिसन खोर व्यापारीको पक्षमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभा बैठक : ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ, २२ फागुन । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद घनश्याम रिजालले दोलखालाई सङ्घीय राजधानी र मधेश प्रदेशसँग जोड्ने लाइफलाइनका रूपमा रहेको लामो–साँघु जिरी सडकमा पर्ने सुनकोशी र तामाकोशी नदीमा समयमा पुल निर्माण नहुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको तर्फ सरकारको ध्यान जाओस भने। […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्रीले देशका लागि नभइ आफ्नो क्षेत्रका लागि पैसा मागे : शाही

२२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा आफ्नो निर्वाचन क्षेत्रमा रंगशाला बनाउनको लागि विदेशीसँग पैसा मागेर आएको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीले देशको उद्योग, कलकारखाना, सडकका लागि होइन आफ्नो निर्वाचन क्षेत्र झापामा रंगशाला बनाउनको लागि विदेशीको अगाडि पैसा मागेको बताएका हुन् । यस्तै, उनले […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग

दमौली तनहुँ, २२ फागुन । जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् । जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा आबद्ध भई […]

मधेश मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पत्रकारले प्रश्न गरेकै आधारमा परिचय पत्र खोस्न मिल्दैन : सांसद खतिवडा

२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने कुरा लोकतन्त्रमा नसुहाउने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे । उनले भने,‘पत्रकारहरुले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा […]