९ श्रावण २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजालाई बोकेर मुलुकको विकास हुदैँन्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ् वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए । उनले भने, ‘हुदैँ नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत्र १५ गते काठमाडौंमा विरोध सभा गर्ने

काठमाडौं । नेपाल समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आगामी चैत्र १५ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । मंगलबार नेकपा एसको कार्यालय आलोकनगरमा बसेको मोर्चाको ११ औं बैठकले आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमन र प्रतिगामी हर्कतको खिलाफमा हजारौं जनताको उपस्थितिमा विरोध प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निराशाजन्य अवस्थामा सम्मेलन आशाको दियो बन्नेछ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्य वातावरण छाएको बताएका छन्। मंगलबार श्रम तथा रोजगार सम्मेलनको समापन समारोहमा उनले मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको अवस्थामा आशाको दियो देखाउनु पर्ने भन्दै त्यसको लागि यो सम्मेलनले भूमिका खेल्ने बताए । उनले भने, ‘मुलुकमा एक थरिको निराशाजन्य वातावरण भईरहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पैसा लिएको प्रमाण छ भने मलाई रत्नपार्कमा लगेर झुन्ड्याए हुन्छ : अध्यक्ष पौडेल

काठमाडौं । चुरे तराई मधेश संरक्षण समितिको अध्यक्ष किरण पौडेलले पैसा खाएर काम नगरेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले जीविकोपार्जन गर्नको लागि चुरेमा जोडिनु पर्ने, अध्यक्ष खाई राख्नु पर्ने अवस्था नभएको भन्दै पैसा लिएको प्रमाण भए आफूलाई रत्नपार्कमा लगेर झुन्ड्याउन चुनौती […]

मधेश मुख्‍य समाचार समाचार समाज

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

सिरहा, २७ फागुनः यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमकोबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र अस्फाल्ट कार्यको शिलान्यास गरे। यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपभोक्ता अदालत चैत २ गतेदेखि सञ्चालनमा आउने

काठमाडौँ, २७ फागुन । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्दै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिए। उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौँ उपत्यका मुकाम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छ : प्रधानमन्त्री

विराटनगर, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताएका छन् । कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३ औँ बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिए । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरूआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पारे । व्यवस्थामा […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

जनज्योती बहुमुखी क्याम्पसमा चार विद्यार्थी संगठनद्वारा उम्मेदवारी दर्ता

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त समाजबादी बिधार्थी युनियन नेपालका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । स्ववियु निर्वाचन समितिका अनुसार […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारका काम प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद प्रेम सुवालले युवालाई सम्बोधन गर्न विद्यालय शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न जरूरी रहेको बताए। सांसद चित्रबहादुर केसीले २०४६ सालपछि राजनीति गर्ने र सत्तामा बस्नेको सम्पत्ति छानबिन हुनुपर्ने र उनीहरूले गरेको लुटलाई उचित कारबाही […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लामा आलु प्रदर्शनी मेला

जुम्ला, २७ फागुन । जिल्ला सदरमुकाम खलङ्गा बजारमा एकदिने आलु प्रदर्शनी मेला आयोजना गरिएको छ । जिल्लास्थित कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोग र नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा आज स्थानीय चन्दननाथ नगरपालिका–५ स्थित कृष्णमन्दिर प्राङ्गणमा मेला आयोजना गरिएको हो । मेलामा जिल्लाका आठ वटै स्थानीय तहका उच्च भूभागमा फल्ने आलु सङ्कलन गरी प्रदर्शनी गरिएको […]