८ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी

काठमाडौं । गोरखा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरू विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानललाई हराउँदै सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याए भने नेविसंघका रचन परियारले १६१ मत ल्याए । त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

ढोरपाटन बागलुङ, ६ चैत । बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

यातायात कार्यालय पाँच रोपनी जग्गा दान

बन्दीपुर तनहुँ, ६ चैत । बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब रु तीन करोड मूल्य पर्ने जग्गा दान गरेका हुन् । मङ्गलबार जिल्ला मालपोत कार्यालय, तनहुँमा अधिकारी […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार सुर्खेत, ६ चैत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

बानेश्वर क्याम्पसको स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न मतदानमा मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलैसहित विजयी भएका हुन् । स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

रामेछाप । रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारको प्यानल नै विजयी भएको छ । एक जना सदस्य बाहेक सबै पदमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियु निर्वाचनमा अनेरास्वियुका सुशील थापा २ सय ७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेविसंघका विपुल रोक्काले १ सय ५२ […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । कार्यसूची अनुसार बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् । यस्तै, राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चैत ६ गतेदेखि शुक्र अस्त, के गर्नुहुन्छ र ? के गर्नु हुँदैन र ?

काठमाडौँ, ६ चैत । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ६ चैत । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु २०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ५०, गोलभेँडा सानो तराई प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु […]

अन्तर्राष्ट्रिय गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान

छेन्दु चीन, ६ चैत । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को […]

बागमती मुख्‍य समाचार समाचार समाज

मकैका पाँच जात सिफारिस गर्ने तयारी

चितवन, ६ चैत । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो । सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ । अहिले परीक्षणका क्रममा […]