१९ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार भोजपुर, २९ पुसः भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गरे छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गरेका छन् । निर्माणकर्ता प्रधानले दुवै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ, २९ पुसः प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति […]

बागमती मनोरन्जन मुख्‍य समाचार

‘गोबर गणेश’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’ को कमाल हेर्न पाइने

काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो । हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय […]

बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रममा सोमबार ४२ भोजन सेवा, १२ खाजा सेवा सम्पन्न

काठमाडौँ । मानवसेवा आश्रमले देशभर सञ्चालनमा रहेका आफ्ना विभिन्न शाखामार्फत सोमबार बिहान र साँझ गरी ४२ वटा भोजन सेवा तथा १२ वटा खाजा सेवा सफलतापूर्वक सम्पन्न गरेको छ। सोही दिन देश–विदेशमा रहनुहुने मनकारी दाताहरूको सहयोगबाट आश्रमले सेवा योगदानस्वरूप ९ लाख ७ हजार ९ सय ४२ रुपैयाँ संकलन गरेको जनाएको छ। संकलित रकममध्ये २ लाख २ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ । सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो। बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो […]

बागमती मुख्‍य समाचार समाचार समाज

केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

काठमाडौं । सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो÷कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो । अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो÷कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ […]

बागमती मुख्‍य समाचार समाचार

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ । ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरि दिउँसो १ बजेको लागि सारिएको हो । पार्टीका मुख्य सचिव पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो । पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ । पार्टी निर्णय अनुसार कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो १ः३० बजे सपथ ग्रहण सुरु हुनेछ । पार्टीले केन्द्रीय सदस्यहरूको औपचारिक सपथ ग्रहणमार्फत संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ । उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थिति […]