आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा शाक्य निर्वाचित
काठमाडौँ, २४ चैत । अन्तर–व्यवस्थापिका सङ्घ आइपीयुको दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएका छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएका हुन् । सांसद डा शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर […]











