२४ आश्विन २०८३, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

चारदेशीय टी–२० आई सिरिज स् नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ, २७ चैत । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गोरखामा डढेलो नियन्त्रण प्रयासः पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

गोरखा, २७ चैत । भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

काठमाडौँ, २७ चैत । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गरेका छन् । समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव

काठमाडौँ, २७ चैत । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने, उच्च पहाडी तथा हिमाली भागका केही स्थान र अन्य भेगका एक वा दुई स्थानमा मेघगर्जन र […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द

त्रिवेणी नवलपरासी, २७ चैत । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति प्रदान

दार्चुला, २७ चैत । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत १४३ जनालाई रकम वितरण गर्ने भएको छ । संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप रकम प्रदान गरिने उक्त कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले बताए। चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अछाम आगलागीमा सत्ताइस घर नष्ट

अछाम, २७ चैत । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

भजनी कैलाली, २७ चैत । भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो । दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट टार्दै आएका थिए । उनी दाउराको चुल्होबाट मुक्त हुनु भएको छ । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चम आएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन, २७ चैत । नयाँ शैक्षिकसत्र सुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको छ । कार्यालय प्रमुख धनबहादुर केसीका अनुसार कक्षा ३ देखि १२ सम्मका ३१ लाख ३४ हजार १०८ थान पुस्तक मौज्दात छन् । केन्द्रबाट चितवनसहित छ जिल्लामा पुस्तक जाने गरेको छ । केन्द्रले पूर्वी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रास्वपा सचिवालयको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने

जनकपुर । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि एक करोड रुपैयाँभन्दा कम लागतका योजना वार्षिक बजेटमा समावेश नगर्ने निर्णय गरेको छ । जनकपुरधाममा पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकको निर्णयअनुसार, अबदेखि आयोजना तथा कार्यक्रमको न्यूनतम सीमा एक करोड रुपैयाँ तोकिएको छ । एक करोडभन्दा कम लागतका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

    रौतहट ।  रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो । वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अत्याधिक गर्मी […]