१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ । विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । समावेशी संरचनाअनुसार केन्द्रीय सह–महामन्त्री पदमा महिला, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देश संविधानले र पार्टी विधानले चल्नुपर्छ : विश्वप्रकाश शर्मा

  काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले देश संविधानले र पार्टी विधानले चल्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उपसभापतिमा निर्वाचित भएपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान र विधानले देश र पार्टी चल्ने बताएका हुन् । उनले भने, ‘देश संविधानले चल्छ । देशले संविधानको बाटो छाड्यो भने वेथितीमा पुग्छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था कार्यान्वयन गर्ने उद्देश्यसहित “विद्युत प्रसारण तथा वितरणमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२” जारी गरेको छ । आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १४ ले दिएको अधिकार प्रयोग गर्दै तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा जारी गरिएको जेनेरल नेटवर्क एक्सेस फ्रेमवर्क को नीतिगत खाकाको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

माघी तथा मकर संक्रान्तिको अवसरमा प्रचण्डद्वारा शुभकामना, एकता र समृद्धिको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत संयोजक प्रचण्डले माघी र माघे संक्रान्तिलाई नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका जीवन्त पहिचानका रूपमा उल्लेख गर्दै यी पर्वहरूले विविधताभित्र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने’

काठमाडौं । माघको चिसो बिहान शहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ । बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ । अनि अनुहारमा नयाँ वर्षको आशा भरिन्छ र माघी अर्थात थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ । थारु समुदायका लागि माघी केवल एक पर्व होइन, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

काठमाडौँ, १ माघः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएका केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा

काठमाडौँ, १ माघः नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा आज नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे । जुन विश्वासका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार देशव्यापी सुरक्षा तयारीमा जुटेको छ। निर्वाचन लक्षित सुरक्षा रणनीतिलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएसँगै सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय बनेको हो। लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गते सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति तथा माघी पनि भनिन्छ। माघे सङ्क्रान्तिमा घिउ, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई न्यानो र […]

बागमती मुख्‍य समाचार समाचार

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

काठमाडौं । नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ । बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो । यस सेवाको उद्घाटन हिमालयन गार्डियन नेपालले नेपाल सरकार, बीमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित गरेको छ । नेपालमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही

पाटन ललितपुर, ३० पुसः नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरूलाई निष्कासन गरेको केन्द्रीय […]

बागमती मुख्‍य समाचार समाचार

जीपिएले भन्यो–पुर्नबासमा नगएका भुटानी शरणार्थीहरुको समस्या तत्काल हल गरियोस्

काठमाडौं । भुटानी शरणार्थीहरुको अवस्था निकै नाजुक भएको गोल्बल पिस अलाईन्स (जीपिए) ले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो मुलुक पुनर्वासमा नगएका शरणार्थीहरुको अवस्थालाई मध्यनजर गरी समस्या समाधान गर्न माग गरेको हो । जीपीए अध्यक्ष काशी अधिकारीले सन २०१७ पछि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले गर्दै आएको सहयोगहरु कटौती गर्दा आधारभूत आवश्यकता […]