२४ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज स्वास्थ्य

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन जोड

लुम्बिनी, ८ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या अन्त्यका लागि सबै क्षेत्रबीच सहकार्य जरुरी रहेको बताएका छन् । उनले कुपोषणसँगै मातृ मृत्युदर, बाल मृत्युदर र बालविवाहजस्ता समस्या बढ्नु हुनु चिन्ताको विषय भएको र सुधारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

उखु खनजोतका लागि कृषि यन्त्र ल्याइयो

रौतहट । उखु खनजोतका लागि सहज गर्ने उद्देश्यले बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रीज कटहरियाले कृषि यन्त्र ल्याएको छ । अहिले उखु खेतीका लागि काम गर्ने मजदुरको अभाव भएकाले कृषि यन्त्र उपयोगी मानिएको छ । यन्त्रले कम समयमा सहज तरिकाले उखु खनजोत गर्न सकिने कटहरियाका उखु कृषक रामदयाल महतोले बताए । कृषि मजदुरको अभावमा यहाँका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उद्योगमा कोभिडको असर कायमै

चितवन, ८ वैशाख । कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थालेपनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारहरुको भनाइ छ । नेपाल उद्योग परिसङ्घ वागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताउछन् […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

पाँच महिनापछि सिरहा नगरपालिकाले पायो प्रमुख प्रशासकीय अधिकृत

सिरहा, ८ वैशाख । सिरहा नगरपालिकाले झन्डै पाँच महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकाकै स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनलाई जिम्मेवारी तोकेर कामकाजमा खटाएपछि आजदेखि उनी हाजिर भएका छन् । यसअघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशाासनिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संस्थागत विद्यालय पठनपाठनमा व्यस्त, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त

रामेछाप । नजिकैका संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी झोला बोकेर स्कुल जाँदै गर्दा रामेछापको सबैभन्दा धेरै विद्यार्थी भएको मन्थली माध्यमिक विद्यालयको गेट बन्द छ । संस्थागत विद्यालयमा पढ्ने जाने विद्यार्थी र बच्चालाई पु¥याउन जाने अभिभावकको भीडभाड छ तर सामुदायिक विद्यालय गेटदेखि नै सुनसान छ । कुनै चहलपहल छैन । मौनता अनि शून्यता मात्रै छ । नेपाल […]

मधेश मुख्‍य समाचार समाचार समाज

स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पथराबुधरामबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

बागमती, ८ वैशाख । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए। कर नबुझाएका करदाताबाट […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

जनकपुर । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु आन्दोलनमा रहेकोबेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन् । जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै

काठमाडौँ, ८ वैशाख । २१ दिनदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

मुस्ताङ, ८ वैशाख । उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ । इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो । समून्द्री सतहको झन्डै चार हजार मिटरको अग्लो उचाइमा अवस्थित […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’

काठमाडौँ, ८ वैशाख । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भारतीय विद्युतमन्त्री नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने

काठमाडौं  । भारतीय विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन […]