२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

चितवन, १२ वैशाख  । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट केमिकल खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।     बिमा बोर्डबाट पाउनुपर्ने रु ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   उनका अनुसार वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् । यसअघि नै बिमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो ।  भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बिमामार्फत गर्न रोकिएको हो ।     पौडेलले भने, “अत्यावश्यक परीक्षण हामीले रोकेका छैनाँै ।ती […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण

त्रिशूली नुवाकोट, १२ वैशाख । गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न साततले दरबार सहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माण अझै पूरा भएको छैन ।   पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल पुनःनिर्माण अघि बढाइएको छ ।   नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिबेला विदुर नगरपालिका-२ मा अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनःनिर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ ।   […]

गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु : अध्यक्ष दाहाल

गोरखा, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।     ‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताए ।     गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले काठमाडौँमा रहेपनि गोरखाको विकासका लागि आफूले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षा र निजामती विधेयक चाँडो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटो भन्दा छिटो अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २४ दिनसम्म सडकमा रहेका शिक्षकहरुको आवाज सरकारले नसुनेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।     उनले भने, ‘छिटोभन्दा छिटो भूकम्प पीडितहरुलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत भाष्य निर्माण गरिएको बताएका छन् ।     बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनुयोजित रुपमा हिंसात्मक क्रियाकलापको लागि प्रदर्शन गरिएको भए हतियार, बन्दुक प्रर्दशनकारीको साथमा भेटिनुपर्ने हो तर त्यो नभेटिएकाले राजावादीको हिंसात्मक प्रदर्शन भनेर गलत […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आरोप–प्रत्यारोप एवम अहंकारको प्रदर्शन रोक्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राष्ट्रिय समस्या पहिचान र समाधानमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शीर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका छन् ।     शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शनलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि शिक्षकहरु आफ्ना आवाज सडकमा उठाइरहेको बताएका छन् ।     शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाईको शक्तिशाली भनेको सरकारले केही पनि नदेखेको बताएका हुन् ।     उनले भने, ‘सडक आन्दोलित छ । शिक्षकहरु तीन साता भन्दा बढी समयदेखि राजधानीका सडकमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन् ।     शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूकम्पले ढलेका सम्पदाहरु परम्परागत शैलीमै बनेका छन् : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू परम्परागत शैलीमै निर्माण गरिएको बताएका छन् ।     शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले सम्पदा भनेको सभ्यताको पहिचान भएको बताएका हुन् ।     उनले भने, ‘यी हाम्रा परिचयका प्राण तत्व […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : सांसद विष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोर्कण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसावले अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।     शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।     उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विनाशकारी भूकम्पको पीडा बिर्सँदै, पूरानै असुरक्षित घरमा बस्दै

रामेछाप । रामेछापमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारण ५२ हजार भन्दा बढी नीजि भवनमा क्षति पुग्यो । भूकम्पबाट २९ जना बढीको ज्यान गयो ।   विनाशकारी भूकम्प गएको १० वर्ष भयो । २०७२ बैशाख १२ र २९ गते भएको भूकम्पले रामेछापले निक्कै क्षति व्यहोर्यो । त्यस यता पनि सानातिना भूकम्प गइरहेका छन् । तर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

२४ औं दिन पनि शिक्षकहरु सडकमा, चर्को घाममा नाचगान

काठमाडौं । शिक्षक–कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन आज(शुक्रबार) २४ औैं दिन पनि जारी राखेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।   आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।   शुक्रबारको चर्को घाममा पनि […]