१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज बिहान ८ः०० बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ । आज दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ । यी सहरहरूको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ । प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे […]

बागमती मुख्‍य समाचार समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो । वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो । मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ । हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मौसम पूर्वानुमान : हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग लगायत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘नाई भन्दाभन्दै कसैले जबरजस्ती गर्न खोज्छ भने त्यो सजायको भागिदार बन्नुपर्छ’

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले साक्षी परीक्षणपछि कानुन निर्माण गरिने स्थापित मान्यता भएको बताएका छन् । ‘प्राईमा फेसी’ नाटक हेरेपछि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आइतबार आयोजना गरेको प्यानल डिस्कसनमा सचिव ढुङ्गानाले कानुनबारे जनचेतना फैलाउन सामाजिक अभियान्ता संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘यौन हिंसा कानुन पीडित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति रु

काठमाडौँ, ७ वैशाख स् चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको फैसला भइसकेको छ । विसं २०७६ देखि हालसम्म उक्त अदालतमा सम्बन्धविच्छेदसम्बन्धी फर्छ्यौट हुन बाँकी मुद्दाको सङ्ख्या एक हजार ९४७ रहेको छ । सर्वोच्च अदालतको २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार मुलुकभर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाले बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले २०८३ बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको हो । रास्वपाका प्रवक्ता मनिष झाले बैठकले पार्टीले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको […]