१८ चैत्र २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ, ८ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी, ८ माघः बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा १७ जनाको उम्मेदवारी पर्दा एक जनामात्र महिला

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् । उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी […]

बागमती मुख्‍य समाचार समाचार

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

जनकपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजाना बुझाउन सम्बन्धित सबैलाई सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सुचना जारी गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै इजाजत […]

बागमती मुख्‍य समाचार समाचार

विष्णु विवेकको पहिलो कृति घाटगाउँ विमोचन

काठमाडौँ, ७ माघः पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसङ्ग्रह घाटगाउँ मङ्गलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा घाटगाउँ पुस्तक सार्वजनिक गरे । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका उनले […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो । नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ । यसदिन कारोबार रकम पनि […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो

मकवानपुर, ७ माघः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोगलाई घटाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनले भने, दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य छ । अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण […]

बागमती मुख्‍य समाचार समाचार

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

काठमाडौँ, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छ वटा डेस्क रहेको उक्त केन्द्र […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

दशरथचन्द बैतडी, ७ माघः बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए […]

अर्थ मुख्‍य समाचार समाचार

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ, ७ माघः बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल सिबिफिन ले नयाँ नेतृत्व पाएको छ । सिबिफिनको अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । परिसङ्घका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षका रूपमा चयन गरेको सिबिफिनका महानिर्देशक महानिर्देशक रोशन कोइरालाले जानकारी दिए । निर्वतमान अध्यक्ष उपेन्द्र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

रुकुम पूर्व, ७ माघः नेपाली कम्युनिष्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन् । प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । […]