१८ चैत्र २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रम वीरगञ्जद्वारा उमा खमतुनको उद्धार

वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले  एक जना बेवारिसे महिलाको उद्धार गरेको छ। पर्सा जिल्ला अदालत परिसरमा अलपत्र अवस्थामा फेला परेपछि मंगलबार राति अन्दाजी ५० वर्षीया उमा खातुनलाई नेपाल प्रहरीको रोहबरमा उद्धार गरी आश्रमको वीरगञ्ज शाखाको संरक्षणमा राखिएको हो। उमा खातुनको पारिवारिक पुनर्मिलनका लागि पहल भइरहेकाे हुँदा परिवार खोजी कार्यमा सहयोग गरिदिन आश्रमले सबैमा आग्रह गरेको छ। मानवसेवा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

वार्षिकोत्सवकाे अवसरमा उपकार बचत तथा ऋण सहकारी संस्थाद्वारा आश्रमलाई ५० हजार प्रदान

पोखरा । पोखरा महानगरपालिका–६ मा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७औँ वार्षिकोत्सव मानवसेवा आश्रम हेम्जा शाखामा मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले आश्रममा आश्रित व्यक्तिहरूका लागि बिहानको भोजनसेवा प्रदान गरेको हो। वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै संस्थाले आश्रममा आश्रितहरूको भोजनसेवाका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएकाे छ । मानवता, सेवा र […]

बागमती मुख्‍य समाचार समाचार समाज

मंगलबार मानवसेवा आश्रमद्वारा ४ जना बेवारिसे पुरुषको उद्धार

काठमाडौँ । मानवसेवा आश्रमले मंगलबार अलपत्र अवस्थामा रहेका ४ जना सडकआश्रित बेवारिसे पुरुषको उद्धार गरेको छ। काठमाडौँस्थित आश्रमको रानीवन शाखाले सडकपेटीमा अलपत्र अवस्थामा फेला परेका ४ जनालाई उद्धार गरी संरक्षणमा राखेको छ। मंगलबार आश्रितहरूको सेवा सहजीकरणका लागि सहयोगी दाताहरूबाट आश्रमलाई २० लाख ५३ हजार २ सय ६२ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ । आश्रितहरूको सेवा व्यवस्थापनमा […]

कोशी मुख्‍य समाचार समाचार

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर, ८ माघः भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् । आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रुपमा यो पेसालाई जीवित राख्दै आउनुभएको हो । परम्परागत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल

काठमाडौँ, ८ माघः निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ । कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायत विषयमा छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य […]

बागमती मुख्‍य समाचार समाचार

भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्नुपर्ने

काठमाडौँ, ८ माघः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उनले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन् । प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा […]

गण्डकी मुख्‍य समाचार समाचार

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी, ८ माघः लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणका लागि रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना […]

मधेश मुख्‍य समाचार समाचार

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी, ८ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। उता, नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ। महिला टी–२० अन्तर्राष्ट्रिय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहिबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल सिंहदरबारमा बस्नेछ । समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷०८२ माथि छलफल तथा विविध विषयहरू माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचनका लागि पूर्ण तयारीमा छ एमाले, गालीको राजनीति अस्वीकार्य : शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट प्रस्तावित प्रतिनिधिसभा उम्मेद्वार शेरबहादुर तामाङले पार्टीको पछिल्लो महाधिवेशनले एमाले अझै सशक्त, समावेशी र जनआधारित पार्टी भएको स्पष्ट सन्देश दिएको बताए । भदौ २३–२४ मा भएको विध्वंशपछि पार्टीलाई पुन जनतामाझ परीक्षण गर्नुपर्ने आवश्यकता महसुस भएकाले नियमित समयभन्दा अगाडि महाधिवेशन गरिएको उनको भनाइ छ । देशव्यापी […]