२९ जेष्ठ २०८३, शुक्रबार
खेलकुद मुख्‍य समाचार विशेष समाचार

फिफा विश्वकप : दक्षिण कोरिया विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ ।

शुक्रबार बिहान भएको समूह ए को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।

स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए ।

त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २–१ ले जिताएका हुन् । उनले बेओमको पासमा गोल गरेका हुन् ।

जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ए को दोस्रो स्थानमा उक्लेको छ ।

यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् शुरूवात गर्दै तीन अंक लिएको छ । यि नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।

मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected