१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

डेटाहबलाई यस वर्षको आइसिटीअवार्ड

२१ बैशाख , काठमाडौं। यस वर्षको राष्ट्रिय आइसिटीअवार्डबाट डेटाहबप्रालि सम्मानितभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमाआयोजित कार्यक्रम माप्राइभेट सेक्टरतर्फ डेटाहबलाई सम्मान गरेको हो ।

डेटाहबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवाप्रदान गर्दै आइरहेको छ। यो कम्पनीदेशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवाप्रदायक पनि हो ।

निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो । यसको बुटवल माडिजास्टर रिकभरी साइटपनि छ । विगत एक दशक भन्दा बढी समयदेखि बैंक तथावित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटीकम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत७ सयभन्दाबढी सानातथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ताविश्वप्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधाप्रदानगर्दै आएको छ । क्लाउड सर्भिसको लागिअन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एतिक्लाउडपनि सञ्चालनमा रहेको छ ।

सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मापनि निरन्तर सेवाप्रवाह गरेको डेटाहबले नेपालको डिजिटल अर्थतन्त्रमामहत्त्वपूर्ण योगदानपुर्याउँदै आएको छ ।
सुरक्षाकालागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटाहबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ भने काठमाडौं र बुटवल र्याकको क्षमता बढाउँदै गएको छ । कम्पनीले ५० जनाबढीलाई रोजगारी दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्