६ जेष्ठ २०८१, आईतवार
सूचना प्रविधि

डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण जेठ २५ गतेदेखि हुने

२३ वैशाख, काठमाडौं। जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।

काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रममा केहि अन्तराष्ट्रिय विज्ञहरु सहित ५० बढिले विभिन्न सेसनहरुमा वत्ताको रुपमा सहभागी हुनेछन । कन्क्लेभमा ७ थिममा १० बढि सेसनहरु सञ्चालन हुनेछन्। केही अन्तराष्ट्रिय विज्ञहरुको किनोट प्रस्तुतीसँगै मन्त्री स्तरिय संवाद सेसनहरु पनि सञ्चालन हुनेछन ।

डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर दिइनेछ । कार्यक्रममा संघिय, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरु सहित ६०० बढिको सहभागिता रहने अपेक्षा छ ।

फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपुर्ण र प्रभावकारी बनाइने लम्सालले बताए ।

डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशनहरु वेबसाइट www.digitalconclave.org मार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्