१९ आश्विन २०८३, सोमबार
मधेश मुख्‍य समाचार विशेष समाचार

भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरु र मुख्यमन्त्री सिंहबीच भेटवार्ता

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज भेटघाट गरेका छन् । भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छन् । टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था […]

बागमती मुख्‍य समाचार समाचार

कोलमतीघाटमा स्नान गरिँदै

काठमाडौँ, २९ साउनः प्रत्येक वर्ष भाद्रकृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ । कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड नेपालमाहात्म्य मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए […]

गण्डकी मुख्‍य समाचार समाचार

रोपाइँ पनि ठेक्कामा 

गलकोट बागलुङ २९ साउनः काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् । गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ […]

गण्डकी मुख्‍य समाचार समाचार

उत्पादकत्व बढाउन नगद अनुदान

गोरखा, २९ साउनः उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ । गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन […]

मधेश मुख्‍य समाचार समाचार

पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

वीरगञ्ज पर्सा , २९ साउन : जिल्ला कारागार पर्सामा एक जना चिकित्सकको दरबन्दी भए पनि वर्षौंदेखि त्यो रिक्त छ । कारागारमा सातौँ वा आठाँै तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि हाल त्यहाँ एक जना ‘हेल्थ असिस्टेन्ट’ ले मात्रै स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् । वीरगञ्ज कारागारमा वीरगञ्ज महानगर–२५ का राहुल साह तुरहाको […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार

ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ, २९ साउन : यहाँ जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसअघि सहलेश पाँचथरको फिदिम […]

कर्णाली मुख्‍य समाचार समाचार

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

काँक्रेविहार सुर्खेत, २९ साउनः कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन, २०८२ मा त्यस्तो व्यवस्था गरेको हो । उक्त ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई रु ५००, दशदेखि २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा रु एक हजार ५०० जरिवाना लाग्नेछ । यो […]

बागमती मुख्‍य समाचार समाचार

काठमाडौँ प्रहरीमा बैंकिङ कसुरका मुद्दाका चाङ

काठमाडौँ, २९ साउनः जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ […]

मुख्‍य समाचार लुम्बिनी समाचार

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी, २९ साउनः मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ । निरन्तरको वर्षाले काममा अवरोध भएको छ । वर्षा रोकिनासाथ […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार

मुगुमा बालविवाह कायमै

मुगु । नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बाल विवाह गरि आमा बन्नेहरुको संख्या बढ्दो छ । जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबै बन्दा बढी २० बर्ष मुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ । आर्थिक वर्ष ०८१÷०८२ मा जिल्ला […]

बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै

रामेछाप । आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएपछि मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षमा झन्डै ३१ हजारले उपचार लिएको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा यो वर्ष सो सङ्ख्या अझ बढ्ने एक महिनाको बिरामीको सङ्ख्याले देखाएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्की बताउँछन् । जिल्ला सदरमुकाम […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : देशको पश्चिम भू–भाग मनसुन बढी सक्रिय हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ । जसले गर्दा मनसुन नेपालको पुर्वी भू–भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी साधारणतया […]