२९ असार २०८३, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति अनुसार, बुधबार बिहान दुई पटक त्यहाँ भुक्म्पको धक्का महशुस गरिएको छ । भूकम्प १० किलोमिटरको गहिराइमा आएको थियो । यस्तो खालको भुकम्प खतरनाक मानिने हुँदा बढी क्षति गर्न सक्ने खालको हुन्छ । तिब्बती पठार टेक्टोनिक […]

गण्डकी पर्यटन मुख्‍य समाचार विशेष समाचार

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

गण्डकी, १४ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएका छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरे । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवन, १४ साउनः उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले साग सब्जीखेती गर्ने वा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय गोठालाहरूले २०४० सालतिर गाईहरू एकै ठाउँमा बस्न चाहनुको कारण खोज्दा फेला पारेको यो गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानका रूपमा चिनिन्छ । स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको […]

बागमती मुख्‍य समाचार समाचार

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी छ’

काठमाडौँ, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढङ्गले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने धारणा राखे […]

अर्थ बागमती मुख्‍य समाचार

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

काठमाडौँ, १४ साउनः गत आर्थिक वर्ष २०८१र ८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्त सम्मको सरकारी ऋणको प्रतिवेदन अनुसार गत आवमा आन्तरिक ऋणका लागि राखिएको रु तीन खर्ब ३० अर्बको लक्ष्य शतप्रतिशत पूरा भएको छ । […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाज

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

गलकोट बागलुङ, १४ साउनः बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

रसुवा, १४ साउनः नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पु¥याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ । ल्हेन्दे खोलामा आज विहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना […]

बागमती मुख्‍य समाचार राजनीति

छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री पन्त

काठमाडौं । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको छ । छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समाज रूपान्तरणको सन्दर्भमा कानुन निर्माणको आवश्यकता बारे धारणा राखेका छन् । उनले समाजमा अझै पनि छुवाछुतजस्ता प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसका […]

बागमती मुख्‍य समाचार समाचार

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो […]

कोशी मुख्‍य समाचार विशेष समाचार

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

झापा, १४ साउनः कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही […]

बागमती मुख्‍य समाचार समाचार

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन, १४ साउनः भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्रा डा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१÷८२ मा आठ हजार ३१८ गर्भवतीले […]