१७ आश्विन २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

दमौली तनहुँ, १९ भदौः यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा ब्लाष्ट रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । धानबाली सम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक […]

मुख्‍य समाचार लुम्बिनी समाचार

प्रभावकारी बन्दै आफैँ पाल्दै आफैँ खादै कार्यक्रम

भोजपुर, १९ भदौः भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको आफैँ, पाल्दै आफैँ खादै कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको हो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले यहाँका सबै छ वटै वडाका गर्भवती तथा सुत्केरीलाई एक एक ओटा भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री

काठमाडौँ, १९ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक हो भन्नुभयो । अमेरिका प्रजातान्त्रिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ । बैठकमा मन्त्रालयका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

राजनीति ठिक हुने वित्तिकै देशले उन्नती र प्रगती गर्न सक्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको २६ औं स्थापना दिवसको आयोजित कार्यक्रममा उनले राजनीति ठिक हुने वित्तिकै देशले उन्नती, प्रगती गर्नसक्ने भन्दै देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताए । उनले भने, ‘एउटा साँचो कुरा के हो भने […]

बागमती मुख्‍य समाचार राजनीति

शक्तिका आधारमा इलाका प्रशासन कार्यालय व्यवस्थापन नगर्न आग्रह

काठमाडौं । नेपाली काग्रेसका सासंद चन्द्रकान्त भण्डारीले शक्तिको आधारमा संसद्को मापन गर्नेगरी इलाका प्रशासन कार्यालय व्यवस्थापन नगर्न आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकको २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्तावमा राखेपछि उनले अरु जिल्लाहरुका पनि आवश्यकताको आधारमा निश्चित क्षेत्र बनाएर सुरु गर्नुपर्ने बताएका हुन् । ‘शक्तिको आधारमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी

काठमाडौं । रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसायसँग जोडिएको सामाजिक सञ्जाललाई सरकारले धम्की शैलीमा बन्द गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरित काम गर्न खोजेको बताए । उनले भने, ‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ९० प्रतिशत नाघिसकेको छ […]

बागमती मुख्‍य समाचार

उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा

नेपाल–चीन सीमामा निर्भर आयात–निर्यात प्रणालीमा कुनै अवरोध आएमा तत्काल व्यवसायीहरूमा ठूलो आर्थिक भार पर्छ । चाडपर्व लक्षित मालसामानहरूको ढुवानी ठप्प हुँदा मूल्य वृद्धि, स्टकमा समस्या र बैंक ब्याजको भार व्यवसायीहरूले व्यहोर्नु परेको छ । उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा काठमाडौं । बाढी पहिरोका कारण उत्तरतर्फका दुबै नाका रसुवागढी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् । बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जीएसआई सहमतिबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको कुरा बाहिर आएको भन्दै यस विषयमा स्पष्टिकरण दिन माग दिन गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने बताउँदै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने […]

बागमती मुख्‍य समाचार समाचार

भारतद्वारा जीएसटीको दरमा कटौती : नेपालमा तस्करी बढ्ने चिन्ता

काठमाडौं । भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा ठुलो मात्रामा कटौती गरेसँगै नेपालमा तस्करी बढ्ने सक्ने भन्दै उद्योगी व्यवसायीमा चिन्ता बढेको छ । भारत सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको जीएसटी कर २८ प्रतिशत बाट १८ प्रतिशतमा झारेको छ । यसले भारतीय बजारमा सिमेन्ट र स्टिलको मूल्य घट्ने र त्यसले नेपाली बजारमा तस्करी […]