१७ चैत्र २०८२, मंगलवार
कोशी मुख्‍य समाचार समाचार समाज

हिउँदयाम सुरु भएसँगै डढेलो रोकथाम गर्न सामग्री हस्तान्तरण

भोजपुर, ५ फागुन ः डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका अनुसार जिल्लाका नौवटै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ । बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको छ । […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

कैलाली–५ मा मतदाताको बदलिँदो मनोविज्ञान : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी

कैलाली । कैलाली क्षेत्र नम्बर–५ सुदूरपश्चिम प्रदेशको राजधानी हो । राजधानी मात्र नभई कैलाली–५ सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो । विगत देखिनै कैलाली–५ का मतदाताले स्वबिवेक प्रयोग गरेको पाइन्छ । २०६४ को निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट लिला भण्डारीले साविकको कैलाली क्षेत्र नम्बर–६ (हालको क्षेत्र नम्बर–५) बाट संविधा सभाको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

काठमाडौं ५ का लागि अनुभवी हुँ, क्षेत्रगत रुपमा जानकार छु, चुनाव जित्छु : श्री गुरुङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका श्री गुरुङ(श्रीराम) चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । घरदैलो, भेटघाट र अन्तरक्रियामा सक्रिय देखिएका उनले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा गुरुङले पछिल्लो समय मतदाता देशको भविष्यप्रति चिन्तित देखिएको बताए । ‘घरदैलोमा जाँदा धेरै प्रश्न आउँछन् । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै नेता आले

कैलाली । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहोल निकै तातेको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका गुनासा, समस्या र सुझावहरू संकलन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहलाई मधेशको आत्मसम्मानसँग जोड्दै त्यसको राजनीतिक महत्वबारे टिप्पणी गरेका छन् । अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेख्दै मधेश जनविद्रोह केवल आन्दोलन नभई मधेशको आत्मसम्मानको घोषणापत्र भएको उल्लेख गरेका हुन् । उनले गोली, दमन र षड्यन्त्रकाबीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै मधेशको […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ । भने चाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन […]

अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार समाचार

टी–२० विश्वकप : श्रीलङ्का र इंग्ल्याण्ड ‘सुपर एट’ मा प्रवेश

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराउँदै श्रीलङ्का ‘सुपर एट’ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा २ विकेट गुमाएर भेटाएको हो । श्रीलङ्काका पथुम निसानकाले शतकीय पारी खेले । उनले ५२ बलमा अविजित १ सय […]

अन्तर्राष्ट्रिय खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै अदालतको […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनतासँगै बसेर समस्या समाधानको प्रतिबद्धता जनाउँदै खड्ग फागो घरदैलोमा

उर्लाबारी । मोरङ–१ मा आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेद्वार खड्ग फागोको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ । सोमबार मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजार र तोरिबारी क्षेत्रमा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको थियो । कार्यक्रमका क्रममा स्थानीयवासीहरूले वर्षौंदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या, […]