२२ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

आज देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राती भने कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताएका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै उनले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताएका हुन् । कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाई छ । यसले व्यक्तिगत […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

काठमाडौं ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त

सर्लाही ।  मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश सांसदलाई सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका छन्। बिहीबारदेखि लागू हुनेगरी उनीहरूको पद खोसिएको हो। पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् । उनीहरूले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिहरुले कांग्रेस नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । उनीहरुले आगामी निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्न सुझाव दिएका छन् ।   ट्रेड युनियन कांगे्रसको गत कार्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरु नेता डा. कोइरालालाई बुझाउँदै कांग्रेसको चालु बैठकबाट सम्बोधन […]

कोशी मुख्‍य समाचार समाचार समाज

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

मोरङ २७ कात्तिकः कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ […]

बागमती मुख्‍य समाचार समाचार

पैँतीस उद्योगद्वारा २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

काठमाडौँ, २७ कात्तिकः लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु प¥योः मुख्यमन्त्री बानियाँ

दोलखा, २७ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन् । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताए। दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले राज्य […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताए । उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

काठमाडौं । ‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किराँतीले देशलाई वर्तमान अवस्थामा पु¥याउने नैतिकताहीन र अहंककारी नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न सबैलाई आह्वान गरेका छन् । विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहिन र अहंककारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाई गर्नुपर्ने बताए । यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको नेप्से आज भने ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको हो । नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ८४ करोड ८५ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुलुकमा सुशासन दिन सकिएन भने विद्रोहको खतरा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले हालको सरकार असामान्य स्थितिपछि गठन भएकाले विधिको शासनको वहालीसँगै स्थितिलाई सामान्यकरण गर्न लागेको बताएका छन् । बिहीबार बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सरकारको उद्देश्य नै चुनावलाई स्वतन्त्र र भयरहित बनाउने भएकाले स्थितिलाई सामान्य बनाउन हरसम्भव प्रयास गरेको बताएका हुन् । उनले भने, ‘असामान्य स्थितिपछिको […]