१४ आश्विन २०८३, बुधबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बजेट नहुँदा अस्पताल भवन निर्माणमा ढिलाइ

गोदावरी कैलाली, १८ मङ्सिरः बजेट अभावमा जिल्लाको विकट पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिकामा १० श्ययाको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । पालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार चालु आर्थिक वर्षमा सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाउँदा भवन अधुरो छ । निर्माण कम्पनीलाई रु ३५ लाख भुक्तानी दिन बाँकी छ । भवनको भौतिक प्रगति […]

बागमती मुख्‍य समाचार समाचार

भरतपुर महानगरपालिकाको निर्माणाधीन भवन अन्तिम चरणमा

चितवन, १८ मङ्सिरः भरतपुर महानगरपालिकाको २२१ कोठाको निर्माणाधीन छ तले भवन प्रायः पूरा भएको छ । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार रु ५३ करोड ३२ लाख ४१ हजारको लागतमा निर्माणाधीन भवनको ८८ प्रतिशत काम पूरा भएको छ । आफ्नै भवन नहुँदा महानगरपालिकाले नौ वटा भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत भेटिएको ट्रम्पको दाबी

काठमाडौं । मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’ बुधबार अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले मास्कोमा पुटिनसँग पाँच घण्टा लामो वार्ता गरेका थिए […]

बागमती मुख्‍य समाचार समाचार

छतबाट खसेर किशोरीको मृत्यु

चितवन, १८ मङ्सिरः रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी सिन्धुलीको कमलामाई […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ । पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न […]

बागमती मुख्‍य समाचार समाचार समाज

धोबी खोलामा साइकलसहित शव भेटियो

काठमाडौँ, १८ मङ्सिरः धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।

बागमती मुख्‍य समाचार समाचार

हाम्रा पर्वले उत्तरदायी संसद्कै माध्यमबाट मात्रै लक्ष्यलाई वास्तविकतामा बदल्ने प्रेरणा दिउन्ः उपाध्यक्ष

काठमाडौँ, १८ मङ्सिरः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको लक्ष्यलाई वास्तविकतामा बदल्न सकिने विश्वास व्यक्त गरेका छन् । किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा […]

बागमती मुख्‍य समाचार समाचार

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ, १८ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक हुन् संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ […]

बागमती मुख्‍य समाचार समाचार

विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

काठमाडौँ, १८ मङ्सिरः  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ […]

मधेश मुख्‍य समाचार समाचार समाज

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा, १८ मङ्सिरः सिरहाको धनगढीमाई ३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उनी वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका थिए । पाँच जनाको […]

बागमती मुख्‍य समाचार समाचार

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर झापा, १८ मङ्सिरः चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाही । सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ । मलंगवा नगर संरक्षण तथा सुधार समितिले बुधबार बिहान प्रादेशिक अस्पताल नजिकैको बालमन्दिर चौकमा टायर बालेर […]