१४ आश्विन २०८३, बुधबार
मधेश मुख्‍य समाचार समाचार

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

राँझा बाँके, १८ मङ्सिरः बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएका छन् । यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गङ्गानारायणले जानकारी दिए । उत्पादन […]

बागमती मुख्‍य समाचार समाचार

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

नारायणगढ चितवन, १७ मङ्सिरः भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनले भने, […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

इन्फ्लुएन्जा फ्लू बाट बच्न आग्रह

काठमाडौँ, १८ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा फ्लूबाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक […]

बागमती मुख्‍य समाचार समाचार

गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी

रामेछाप । रामेछापको पहिचानको रूपमा चिनिने जुनार अब बिक्री नहोला भन्ने पिरबाट रामेछापका जुनार किसान मुक्त भएका छन् । किसानले उत्पादन गरेको जुनार गाउँमा नै उद्योग खोलेर प्रशोधन गरिने भएपछि जुनार खेती गर्ने किसानहरूलाई राहत भएको छ । अहिले गाउँको उत्पादन जुनार गाउँकै उद्योगमा बिक्री हुनुको साथै गाउँकै मानिसहरूको रोजगारीको थलो समेत बनेको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

महिला टि२० विश्वकपः क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौँ, १८ मङ्सिरः आइसिसी महिला टि२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यान ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा […]

बागमती मुख्‍य समाचार समाचार

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौँ, १८ मङ्सिरः काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित शंखधर उद्यान रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ । महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । काठमाडौंको लिग चरणमा आज यो अन्तिम खेल हो । टोलीले ६ मध्येको ४ खेल जितेको छ । पोखरालाई पराजित गरेमा काठमाडौंको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

रानीवन शाखाद्वारा दुई बेवारिसे पुरुषको उद्धार

काठमाडौँ। मानवसेवा आश्रम रानीवन शाखाले बुधबार दुई जना बेवारिसे पुरुषको उद्धार गरी संरक्षणमा राखेको छ। नेपाल प्रहरीको रोहवरमा गोकणेश्वर क्षेत्रबाट सडकमा अलपत्र अवस्थामा भेटिएका, स्थायी ठेगाना नखुलेका ५३ वर्षीय बाबुराम गुरागाईँलाई आश्रमले उद्धार गरेको हो। त्यसैगरी तादी गाउँपालिका–६, नुवाकोट घर बताउने ४५ वर्षीय वीरबहादुर तामाङलाई बालाजु चक्रपथ क्षेत्रमा मादक पदार्थ सेवनपछि बेवारिसे अवस्थामा फेला परेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्यारालाइसिससँग जुध्दैः  आश्रम पुगेकी सरिता तामाङ

काठमाडौँ । आज डिसेम्बर ३, विश्वभर ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदा मानवसेवा आश्रमको रानीवन परिसरमा ४७ वर्षीया सरिता तामाङ व्हीलचेयरमा टोलाइरहेकी थिइन्। अपांगता आएपछि घरभन्दा आश्रममै माया, सुरक्षा र आवश्यक हेरचाह पाइने विश्वाससहित उनी ३ वर्षअघि आश्रम आएकी हुन्। काभ्रे–पाँचखालमा जन्मिएकी सरिताको बाल्यकाल सामान्य र रमाइलो थियो । बुवाआमाको माया, दाजुभाइको संगत, घरको चहलपहल। तर […]

बागमती मुख्‍य समाचार समाचार

यो वर्ष हिउँदमा कम वर्षा हुने

काठमाडौं । मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जनाएको छ । विभागले सार्वजनिक गरेको आंकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा […]

बागमती मुख्‍य समाचार समाचार

देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् । उधौंली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १८ मङ्सिरः बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको […]