१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटमा जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ

सर्लाही । रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन्। उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो। यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर–४ का ३२ वर्षीय […]

मधेश मुख्‍य समाचार समाचार

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही, २१ मङ्सिरः एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको शनिबार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ मंसिर २२ गतेदेखि निष्कासन हुँदै

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो । यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । विदेशमा कार्यरत […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दार्चुलामा भूकम्प

दशरथचन्द बैतडी, २१ मङ्सिरः दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राससलाई जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

मधेश मुख्‍य समाचार समाचार

रामनगर – ५ का वडा सदस्य यादवको निधनले पालिकामा शोक बिदा

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका – ५ का वडा सदस्य राम सुवेश राय यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर पिडित रहेका यादवको शनिबार अपरान्ह आफ्नै घरमा निधन भएको पालिकाले जनाएको छ। यादव केही समयअघि भारतको दिल्लीमा उपचार गराई घर फर्किएका थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पुनः भरतपुर चितवनमा उपचार गरिएको थियो। उपचारपछि घर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर, २१ मङ्सिर : कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन । साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो, उनले भने, जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापन सम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ । परम्परागत रूपमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा […]

बागमती मुख्‍य समाचार समाचार

साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक, २१ मङ्सिरः अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

मुस्ताङ, २१ मङ्सिरः उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ । आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई […]

कोशी मुख्‍य समाचार समाचार समाज

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङ, २१ मङ्सिरः हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो । नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक […]