१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजी क्षेत्रले देशको शहरी विकास, व्यवस्थित आवास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि सरकारले आवश्यक नीति–नियमका […]

बागमती मुख्‍य समाचार समाचार

बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

काठमाडौं ।  गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर […]

बागमती मुख्‍य समाचार समाचार

कार्यालय बन्द हुँदा पनि जरिवाना तिर्नु परेको सेवाग्राहीको गुनासो

चितवन, २१ मङ्सिरः भरतपुर महानगरपालिका–२ का आनन्द राउत पटकपटक कार्यालय जाँदा पनि सवारी चालक अनुमति पत्र र सवारीको कर तिर्न पाएनन् । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा यातायात कार्यालय क्षतिग्रस्त भएको थियो । आगलागीका कारण कार्यालयमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो । भदौ २४ गतेबाट बन्द भएको यातायात कार्यालयको सेवा असोज २२ गतेबाट आंशिक […]

बागमती मुख्‍य समाचार समाचार

विदेशस्थित नेपालीलाई मताधिकार दिन १० देशका ६० विद्यार्थी समूहको माग

काठमाडौं । विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशमा रहेका समूहले उक्त माग गरेका हुन् । नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मानव अधिकार महाभेला मंसिर २२ देखि २८ सम्म, १२५ संस्था सहभागी हुने

काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूहको संयोजनमा आगामी १७ औं मानव अधिकार राष्ट्रिय महाभेला तथा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ मनाइने भएको छ । महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो । नेपालमा पछिल्ला वर्षहरूमा मानव अधिकारको अवस्था कमजोर बन्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्कवृद्धि फिर्ता लिन ट्रेड युनियन कांग्रेसको माग

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ । संघका अनुसार हाल स्वास्थ्य […]

गण्डकी मुख्‍य समाचार समाचार

अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढ्यो

म्याग्दी, २१ मङ्सिरः धवलागिरि गाउँपालिकामा निर्माणाधीन अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेको छ । यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाइएको प्रवद्र्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले नौ दशमलव २५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । सुरुङको आकार, हेड विद्युत्गृह […]

बागमती मुख्‍य समाचार समाचार

रोटरीको स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा

चितवन, २१ मङ्सिरः रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । सहज, पहुँचयोग्य र सहुलियतपूर्ण दरमा उपचार उपलब्ध गराउने उद्देश्यसहित स्पाइनल इन्जुरी सङ्घ नेपालद्वारा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो । विगत २४ वर्षदेखि सञ्चालनमा रहेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरले जस्तै यस केन्द्रले पनि स्पाइनल इन्जुरीसम्बन्धी हेरचाह, पुनःस्थापना तथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ, २१ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेको यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यको घरघरमा पत्र पठाउन थालिएको छ । पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने गरी […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा सडक विस्तारका नाममा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा

मकवानपुर । हेटौंडामा हातहातमै लालपुर्जा, नक्सापास र कर तिरेको प्रमाण भएका घरधनीहरूको ५३१ घर–टहरा सडक विस्तारका नाममा एकै दिन डोजर चलाएर भत्काइएका छन् । सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले करिब पाँच सय सुरक्षाकर्मी परिचालन गर्दै शनिबार बिहान झिसमिसेमै डोजर परिचालन गरेका हुन् । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा (राइट […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत शुक्रबार सात दलिय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन […]

बागमती मुख्‍य समाचार समाचार समाज

काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण

काभ्रेपलाञ्चोक, २१ मङ्सिरः यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । जिल्ला कृषि विकास कार्यालयले गत वर्षका गिरावटलाई उकास्दै केही प्रतिशत बढ्ने जनाएको हो । कार्यालयले सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद […]